सिद्धार्थ आर्थिक करिडोरको सिकाई गोष्ठी पोखरामा सुरू

सिद्धार्थ आर्थिक करिडोरको सिकाई गोष्ठी पोखरामा सुरू

पोखरा, साउन २१
प्रभावकारी स्थानीय सेवाको लागि सार्वजनिक निजी साझेदारी अन्तर्गत सिद्धार्थ आर्थिक करिडोरको सिकाई गोष्ठी पोखरामा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने गोष्ठीमा सिद्धार्थ राजमार्गमा अवस्थित १५ पालिका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरुको सहभागीता रहेको छ ।
पोखराको होटल बाराहीमा सुरु भएको कार्यक्रममा सिद्धार्थ आर्थिक करिडोर र मेयरस फोरमका उद्देश्य, अपेक्षित परिणामहरु, सार्वजनिक निजी साझेदारी कार्यक्रम (सानिसा) कार्यान्वयनका अवसर र चुनौतीहरुसँगै पालिकास्तरमा सञ्चालन हुने कार्यक्रमहरु बारेको छलफल हुनेछ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकामा प्रमुख धनराज आचार्यले सिद्धार्थ राजमार्गको विकासले यस क्षेत्रको लाईफलाईन मार्गको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो सिद्धार्थ आर्थिक करिडोर जनताको जीवनस्तरसँग जोडिएको हुन्छ यसलाई लाईफमार्ग बनाउनुपर्छ ।
सानिसाका तर्फबाट सञ्चालन गरिने समुन्नत र सुदृढ कार्यक्रमहरुको परिचय प्रश्नोत्तर, सिकाई, अपेक्षा जस्ता विषयमा समुन्नती टिम लिडर हीरामणी घिमिरे, बेलायती राजदूतावासका प्रतिनिधि लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
मेयर फोरमको सचिवालय तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा चलेको कार्यक्रम शंकर भण्डारीले सञ्चालन गर्नुभएको छ । शनिबारदेखी सुरु भएको गोष्ठी सोमबार सकिनेछ । कार्यक्रम तानसेन नगरपालिकाको आयोजनामा भएको गरिएको हो ।

पोखरामा सुरू भएकाे सिद्धार्थ आर्थिक करिडोरको सिकाई गोष्ठीमा मन्तव्य राख्दै तानसेन नगरप्रमुख सन्ताेषलाल श्रेष्ठ । तस्वीरः शंकर भण्डारी

प्रतिक्रिया दिनुहोस