पाल्पामा एकैदिन तीन जनाकाे मृत्यु, किन बढ्दै छ आत्महत्या ?

पाल्पामा एकैदिन तीन जनाकाे मृत्यु, किन बढ्दै छ आत्महत्या ?

पाल्पा, साउन २१

शुक्रबार एकैदिन पाल्पामा तीन जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तानसेन, रामपुर नगरपालिका र रम्भा गाउँपालिकामा झुण्डिएर तीन जनाले प्राण त्यागेका हुन् ।

रामपुर नगरपालिका ५ मा कास्की घर भएका ४५ वर्षीय विनाेद अधिकारी, यस्तै तानसेन १० मा जुम्ला घर भएका ४०।४५ वर्षीय बली कठायत र रम्भा गाउँपालिका ५ का २५ वर्षीय वसन्त ढेंगाकाे शव झुण्डिएकाे अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताउनुभयाे । तीनवटै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेकाे बताइएकाे छ ।

पाल्पामा दैनिक जसाे आत्महत्याका घटना बढ्दै गएकाे भएता पनि सराेकारवालाहरूकाे भने ध्यान पुग्न सकेकाे छैन । गाउँटाेलसम्म पुगेर मानिसहरूलाइ मनाेवैज्ञानिक काउन्सिलिङ गर्ने संस्था नहुँदा पाल्पामा आत्महत्याका घटना बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस