पाल्पा टेक्निकल ईन्स्टिच्युटमा तीन नयाँ बिषय पढाइ हुने

पाल्पा टेक्निकल ईन्स्टिच्युटमा तीन नयाँ बिषय पढाइ हुने

बिष्णु खनाल

पाल्पा साउन १९
पाल्पाको तानसेनमा रहेको पाल्पा टेक्निकल ईन्स्टिच्युटले जिल्लामा तीन नयाँ विषय अध्ययन गराउने भएको छ ।
बिहीबार तानसेनमा पत्रकार सम्मेलन गरेर ईन्स्टिच्युटले एच ए,ल्याब टेक्नोलोजी र फिजियोथेरापी बिषयको अध्यापन गराउने जनाएको हो । एच ए र फिजियोथेरापी बिषय जिल्लाका लागि नयाँ बिषय हुन ।
ईन्स्टिच्युट बिगत २ बर्ष देखि बन्द रहेकोमा यस बर्ष देखि पुन नयाँ बिषयका साथमा फेरि संचालन हुन लागेको प्रिन्सिपल त्रिलोचोन पौडेलले बताउनभयो । ईन्स्टिच्युटमा महिला आवास सहितको सुबिधा रहेको छ । यस अधि पढाई भईरहेका सिएम ए,अहेब तथा अनमीको कार्यक्रमले समेत निरन्तरता पाउने ईन्स्टिच्युटले जनाएको छ ।
एच ए,ल्याब टेक्नोलोजी र फिजियोथेरापीको लागी ३६ महिने कोर्स पुरा गर्नुपर्ने छ । ईन्स्टिच्युटमा १२ जनालाई छात्रबृद्धीको ब्यबस्था रहेको छ ।
२०५२ सालमा स्थापना भएको ईन्स्टिच्युट २०७० सालमा नेपालकै उत्कृष्ठ ईन्स्टिच्युटको रुपमा पुरस्कृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस