रोटरी क्लव अफ पाल्पा लुम्बिनीद्धारा वृक्षारोपण

रोटरी क्लव अफ पाल्पा लुम्बिनीद्धारा वृक्षारोपण

पाल्पा, साउन, १९


रोटरी क्लव अफ पाल्पा लुम्बिनीको बार्षिक कार्यक्रम अनुसार शनिबार तानसेन नगरपालिका वाड नं ७ अन्तर्गत प्रभास क्षेत्रमा आँप लगायत विभिन्न जातका विरुवाहरुको वृक्षारोपण गरिएको छ । प्राकृतिक सुन्दरतालाई हराभरा बनाउने साथै प्रभास बगैचामा विस्थापित भएका आँपका रुखमा आँपकै बिरुवा लगाई आँप बगैचालाई कायम राख्ने उद्धेश्य अनुरुप वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।


उक्त कार्यक्रममा क्लबका प्रसिडेन्ट रो. खड्ग ब. जिरेलले रोटरी बर्ष २०२२÷०२३ को योजना अनुरुप संरक्षण सहितको वृक्षारोपण गर्न लागेको जानकारी दिनुभयो । वृक्षारोपण पश्चात रोपेका विरुवाहरुको संरक्षण महत्वपूर्ण भएको कुरामा जोड दिनुभयो । साथै रापेको विरुवाहरुलाई संरक्षणसहित हुर्काउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।


उक्त कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट रोटरियन गोपाल ब. पोखरेल, इमिडियट पास्ट प्रेसिडेन्ट रोटरियन तारा रायमाझी पोखरेल, क्लव रोटरियन सदस्यहरु, ता.न.पा ७ का वार्ड अध्यक्ष रोटरियन प्रदिप खनाल, प्रभास टोल विकास संस्थाका सदस्यहरु, नवयूग कृषि सहकारीका कार्यकारी प्रमुख लगायत रोट¥याक क्लव अफ पाल्पा लुम्बिनीका रोट्रयाक्टरहरु साथै स्थानीयहरुको उपस्थिति रहेको क्लबका सेक्रेटरी रोटरियन मुक्तिराम भुसाल र पब्लिक इमेजका डाइरेक्टर रोटरियन भक्तिराम न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस