बसपार्कबाट अवैध सामान बरामद

बसपार्कबाट अवैध सामान बरामद

पाल्पा साउन १९

प्रहरीले तानसेनको बसपार्कबाट अबैध सामान बरामद गरेको छ । मंगलबार तानसेन बसपार्कमा प्रहरी चेकिङ गर्ने क्रममा बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च ८३६६ नम्बरको पिकअप गाडी चेकजाँच गर्ने क्रममा राजश्व छली ल्याएका सामाग्री प्रहरीले बरामद गरेको हो । विना विलका सामानहरु ल्याउँदै गरेको अवस्थामा गाडी सहित चालक जिल्ला रौतहट डमरिया नगरपालिका ९ बस्ने बर्ष २७ का भोजेन्द्र चौधरी तथा सोही गाडीमा सवार जिल्ला रौतहट दुर्गा भगवती गाउँपालिका ५ बस्ने बर्ष १९ को रुपेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुबाट साना ठुला सादा कराई ८० वटा,फेन्सी साना ठुला कराई ७७ वटाको त्यस्तै कसौडी साना ठुला गरी जम्मा १ सय ५२ वटा र पटकुकर साना ठुला गरी जम्मा १ सय २९ वटा बरामद भएको छ । उक्त सामान करिब १ लाख ९७ हजार १ सय रकम बराबरको रहेको प्रहरीको अनुमान छ ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस