नेकपा एसको बिस्तारित बैठक सम्पन्न

नेकपा एसको बिस्तारित बैठक सम्पन्न

पाल्पा,साउन १४

नेकपा एकिकृत समाजबादी जिल्ला कमिटि पाल्पा बिस्तारित बैठक तथा प्रशिक्षण शनिबार तानसेनमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटि ईन्चार्ज तथा केन्द्रिय सचिव भागवत बिश्वासीले समसामयिक राजनीति,बर्तमान अवस्था र पार्टी नेता तथा कार्यकर्ताको कार्यभारका बिषयमा चर्चा गर्दै अनुसासित नेता र कार्यकर्ताको बलले मात्र पार्टी चलाएमान हुने बताउनुभयो ।नेकपा एस लुम्बिनी प्रदेश कमिटि अध्यक्ष,पोलिट्ब्युरो सदस्य सोम प्रसाद पाण्डेले आगामी निर्बाचन र सो को तयारीका बारेमा चर्चा गर्नुभयो। केकस राजेन्द्रलक्ष्मी गैरे,केकस रमा घर्ती केकस यादव बहादुर रायमाझी लगायतका नेताहरूको प्रशिक्षणात्मक मन्तब्य रहेको सो कार्यक्रमको अध्यक्षता नेकपा एस जिल्ला अध्यक्ष खिमानन्द पाण्डे कमलको अध्यक्षता र सञ्चालन सचिव मोहन गैरे र स्वागत उपसचिव कमल सेनले गर्नुभएको थियो ।
बैठकले प्रदेश कमिटिको अन्तरपार्टी निर्देशन,जिल्लाको राजनैतिक शक्ति सन्तुलन,पार्टी बिस्तार,जनबर्गीय संगठन,मोर्चा सङ्गठन सुदृढीकरण र प्रशिक्षण सहितको ३ महिने अभियानका बारेमा छलफल गरी तयारी सहितको योजना बनाएको छ । कार्यक्रममा साबिक नेकपा एमाले जिकस सर्बजीत बिक, क्रान्तिकारी माओबादीका अर्जुन परियार र माधव गिरि नेकपा एसमा समहित हुनुभएकोमा उहाँहरुलाई स्वागत गरिएको प्रचार बिभाग प्रमुख पदम गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस