भुवनपोखरीमा जीप दुर्घटना दुई घाईते

भुवनपोखरीमा जीप दुर्घटना दुई घाईते

पाल्पा,साउन १२
पाल्पाको भुवनपोखरीमा जीप दुर्घटना हुदाँ दुई जना घाईते भएका छन् । बिहिबार बिहान करिब ९ बजेको समय तिर भुवनपोखरीको झिरुवासबाट तानसेन तर्फ आउदै गरेको लु १ ज २१६९ नम्बरको जीप दुर्घटना भएको प्रहरी चौकी मुझुङ्गका प्रमुख सोम बहादुर सारुले जानकारी दिनुभयो । दुर्घटनामा घाईते हुनेहरुमा रैनादेबी छहरा ३ अमिलेकी बर्ष ५९ की जुनकला पोखरेल र सोही स्थानकी बर्ष ४६ की कमला आले रहेको प्रहरीले जनाएको छ । पोखरेलको अवस्था गम्भिर रहेको छ ।
जीप रोकि राखेको अवस्थामा अचानक चिप्लियर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेहरुलाई उपचारको लागी तानसेन ल्याईदै छ । दुर्घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको

प्रतिक्रिया दिनुहोस