तानसेन नगरपालिकाले नगर क्षेत्रका ऎतिहासिक, धार्मीक महत्वका क्षेत्रहरूमा सरसफाइलाइ तिव्रता दिएकाे छ । तानसेन नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सम्पदाहरूसँगै सार्वजनिक स्थलहरूकाे सरसफाइ तथा झाडी हटाउने र जाेखिमपूर्ण अवस्थामा रहेका रूखका हाँगाहरू हटाउने कार्य गरिएकाे हाे ।
यसै बीच अमरनारायण मन्दिर नारायण स्थानमा रहेको नुहाउने पोखरीको पनि सरसफाई गरिएकाे छ । बर्षायाममा झाडी र फोहोर थुप्रो भएको पोखरी र पोखरी वरपर सरसफाई गरेको तानसेन नगरपालिका सरसफाई शाखा प्रमुख शंकर भण्डारीले बताउनुभयाे । तानसेन नगरपालिका सरसफाइ शाखाले वडा नम्बर २ को समन्वयमा पोखरी आसपास सरसफाइ गरेको हो । बर्खाको समयमा केही स्थानमा मुल फुटिसकेको अबस्थामा झाडी बुट्यानले ढाकेको पोखरीमा पानीको उपयोगका लागि सरसफाइ गरिएको वडा नम्बर २ का अध्यक्ष महेश्वर श्रेष्ठले बताउनुभयो । बजारको नजिक र सुरक्षित रहेकाले छिट्टै पौडीको लागि पोखरी संचालनमा आउने उहाँले बताउनुभयो।

तानसेन नगरपालिकाले श्रीनगर पर्यापर्यटन क्षेत्र आँफै व्यवस्थापकीय कार्य अगाडी बढाएको छ । श्रीतानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले नगरपालिकाले आँफै व्यवस्थापन गर्न सकिने क्षेत्रहरूमा सरसफाइ तथा व्यवस्थापकीय कार्य सुरूवात गरिएको बताउनुभयो ।

तानसेन नगर प्रहरी प्रमुख जयप्रकाश उप्रेतीले तानसेनकाे केही स्थानमा रूखका भाँचिएका हाँगा हटाउने कार्यभैरहेकाे बताउनुभयाे । उहाँले जाेखिमपूर्ण अवस्थामा रहेका क्षेत्रहरूकाे पहिचान गरि व्यवस्थापनकाे कार्य सुरू गरिएकाे पनि बताउनुभयाे ।
