पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ को मृत्यु १६ घाइते

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ को मृत्यु १६ घाइते

रिब्दीकोट–२, लघुवा पाल्पामा यात्रुबहाक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । साँझ ५ बजे तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा बस दुर्घटना हुँदा छ जना यात्रुको मृत्यु भएको हाे । बस दुर्घटनामा १७ जना घाइते भएको बताइएकाे छ ।

गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ख ५९५२ नम्बरको बस लघुवास्थित भीरबाट तल खसेको थियो ।

अध्यक्ष पोखरेलका अनुसार दुर्घटनामा परेकाहरुको प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस