काङ्ग्रेस रैनादेबिले गर्यो बिपि स्मृति दिवसमा बृक्षारोपण

काङ्ग्रेस रैनादेबिले गर्यो बिपि स्मृति दिवसमा बृक्षारोपण

दिपक पोखरेल साउन ६ पाल्पा

४०औ बिपि स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस रैनादेबी छहराले छहराको तिलकथानमा बृक्षारोपण कार्यकम गरेको छ । बृक्षारोपण कार्यक्रम पछिको कार्यक्रमलाई सम्बोधन गदै नेपाली काङ्ग्रेस पाल्पाका नेता बिधान श्रेष्ठ, महासमिति सदस्य राम कार्की, प्रदेश ख का क्षेत्रीय सभापति तथा रैनादेबी छहरा गाउपालिका प्रमुख रुक्मांगद भट्टराई , पुर्ब क्षेत्रीय सभापति राम बहादुर कार्की ,महाधिवेशन प्रतिनिधि नल बहादुर राना ,रैनादेबी छहराका सभापति बिष्णु पोखरेल , उपसभापति हरि प्रसाद पोखरेल , नेता जंग बहादुर केसि , वडा नंबर ४ का सभापति बुद्धि बहादुर रायमाझी लगायतले बिपि कोइरालाले जनतालाई सार्बभौम बनाउनकै लागि आफ्नो जीवन बिताएको भन्दै काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु बिपिको बाटोमा अबिचलित भइ लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा काङ्ग्रेसक नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिती रहेको छहरा सभापती बुद्धि बहादुर रायमाझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस