सन्तोष चलचित्र मन्दिर सञ्चालनमा आउने

सन्तोष चलचित्र मन्दिर सञ्चालनमा आउने

 ‘सन्तोष चलचित्र मन्दिर’ स्तराेन्नतीसँगै सञ्चालनमा आउने भएकाे छ । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा रहेको चलचित्र मन्दिर सञ्चालनमा आउने भएसँगै यहाँका चलचित्रप्रेमीहरू खुसी भएका छन् ।

विशालबजार तानसेनमा रहेकाे ‘सन्तोष चलचित्र मन्दिर’लाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउने सञ्चालक सर्जुमान लिगलले बताए जिल्लाकै एकमात्र चलचित्र हल कोरोना महामारीले ०७६ को चैतदेखि बन्द भएकाे थियाे । हलकाे मर्मत तथा स्तरोन्नति गरेपछि संचालन कार्य सुरू गरिएकाे छ।

वि.स. २०२४ सालमा स्वर्गीय भूयूमान लिगलले लाइसेन्स लिएर सिल्खानटोलमा रहेको मोहनकन्या स्कूलमा चलचित्र देखाउन शुरूवात गर्नुभएकाे थियाे । त्यतिबेला दिउँसो पढाइ हुने स्कूलमा साँझको समय चलचित्र चल्थ्यो ।

जिल्लाकै एकमात्र चलचित्र हल कोरोना महामारी शुरू भएसँगै ०७६ को चैतदेखि बन्द अवस्थामा छ । नेपालकै पुरानोमध्येको हल अब स्तरोन्नतिसहित सञ्चालनमा आउने भएको हो । 

प्रतिक्रिया दिनुहोस