ख्याहाका वार्ड अध्यक्ष पोखरेलले कर्मचारीलाई हाजिर हुन दिएनन्

ख्याहाका वार्ड अध्यक्ष पोखरेलले कर्मचारीलाई हाजिर हुन दिएनन्


पाल्पा,साउन ५

पाल्पाको रिब्दीकोट गाउँपालिका—१,ख्याहाका वार्ड अध्यक्ष चिरन्जीबी पोखरेलले वार्डमा कार्यरत कर्मचारीलाई हाजिर हुन दिएका छैनन् ।
पोखरेलले वार्ड कार्यालयमा कार्यरत कम्प्युटर सहायक,पशु प्राबिधिक तथा कार्यालय सहयोगीलाई हाजिर हुन नदिएका हुन । जसले गर्दा वार्ड कार्यालयबाट प्रदान हुने सेवा समेत प्रभाबित हुदा सेवाग्राहीले सस्ती झेल्नु परेको छ ।
वडा अध्यक्ष पोखरेलले वडाका तीन जना कर्मचारीहरूलाई हाजिर गर्न नदिएको वडा सदस्य भिम बहादुर रानाले बताउनुभयो । गाउँपालिकाले १० जना करारका कर्मचारीलाई हटाउने निर्णय गरि पद मुक्त गराए सँगै उक्त विषयलाई लिएर वडा अध्यक्ष पोखरेलले कर्मचारीहरूलाई हाजिर गर्न नदिएको रानाले बताउनुभयो ।
सोवाग्राही कौशिला पाण्डे तिरो तिर्न वार्ड कार्यालयमा दुई पटकसम्म जादा काम नभएर फिर्ता हुनुपरेको बताउनुभयो । उहाँले कहिले वार्ड अध्यक्ष नहुने कहिले सचिब नहुदा सेवा नपाएको गुनासो गर्नुभयो ।
स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका वडा अध्यक्ष पोखरेलले गाउँपालिकाले १० जना करारका कर्मचारीलाई हटाउने निर्णय पुनर्बिचार नगर्दा सम्म हाजिर हुन नदिने बताउनुभयो । उहाँले हाजिरी रजिस्टर आफुसंग रहेको जानकारी दिनुभयो । वार्ड सचिब बिदामा भएका कारण सचिबबाट हुने काम नभएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
अध्यक्ष पोखरेलले भने ६० बर्ष उमेर माथिका पालिकाका कर्मचारीलाई सम्मान सहित विदा गरियोस् त्यसमा आपति छैन तर ती मध्ये गाउँपालिकाले हटाएका १० कर्मचारी मध्ये ६ जनालाई पुन पदमा नियुक्ति गरे पश्चात् वडाका कर्मचारीको हाजिरी गराउने बताउनुभयो । कर्मचारी हटाइएको बिषयलाई लिएर गाउँपालिकासँग छलफल गर्न खोज्दा बहुमतका आधारमा निर्णय पास गरेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पलिकाले कुनैपनि कर्मचारीलाई हटाएको नभई तत्कालका लागी म्याद थप नगरेको बताउनुभयो । उहाँका अनुसार केहिको उमेरहद पुगेको,दरवन्दी नभएको तथा कार्यबोझका कारणका केही कर्मचारीको म्याद थप नभएको अध्यक्ष कार्कीले बताउनुभयो ।
अध्यक्ष कार्कीले वार्ड अध्यक्षले कर्मचारीलाई हाजिरी हुनबाट रोक्ने काम भएको भए उक्त कार्य अनाधिकृत रुपमा वार्ड अध्यक्षले गरेको ठहर्ने बताउनुभयो । उक्त वार्डमा वडा सचिब बिदामा रहेको कारण सचिब आएपछि समस्या समाधान हुने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस