श्रीनगर पर्यापर्यटन क्षेत्र तानसेन नगरपालिकाकाे आँफ्नै व्यवस्थापनमा गरिँदै (फाेटाेफिचर)

श्रीनगर पर्यापर्यटन क्षेत्र तानसेन नगरपालिकाकाे आँफ्नै व्यवस्थापनमा गरिँदै (फाेटाेफिचर)

पाल्पा, साउन १

नयाँ आर्थिक वर्षकाे सुरूवातसँगै तानसेन नगरपालिकाले श्रीनगर पर्यापर्यटन क्षेत्र आँफै व्यवस्थापकीय कार्य अगाडी बढाएकाे छ । आइतबार श्रीनगर क्षेत्रमा वृक्षाराेपण तथा सरसफाइ गरि कार्यक्रमकाे सुरूवात गरिएकाे हाे ।

श्रीनगर क्षेत्र पाल्पा जिल्लाकाे गहना भएकाे भन्दै यसकाे व्यवस्थापकीय कार्य सुधार गर्न सके आन्तरिक पर्यटकहरूकाे संख्यामा उल्लेख्य सुधार हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयाे । उहाँ भन्नुहुन्छ, प्राकृतिक रूपमा सुन्दर क्षेत्रलाइ साेही अनुकुल व्यवस्थापन गर्नु अावश्यक छ ।

तानसेन नगरपालिकाका नगरप्रमुख सन्ताेषलाल श्रेष्ठले तानसेन नगरपालिकाले अन्य क्षेत्रलाइ व्यवस्थापनकाे जिम्मेवारी दिँदा केही समस्या उत्पन्न भएकाे भन्दै यसलाइ आँफै व्यवस्थापन गर्ने कार्य सुरूवात गरिएकाे बताउनुभयाे । उहाँले दैनिक राजस्व संकलन, सरसफाइ तथा व्यवस्थापकीय कार्य गर्न तत्काल सरसफाइ शाखा प्रमुख शंकर भण्डारीकाे संयाेजकत्वमा ६ जना कर्मचारी परिचालन गरिसकेकाे बताउनुभयाे । नगरप्रमुख श्रेष्ठले श्रीनगर क्षेत्रकाे थप व्यवस्थापनका लागि डिपिअार अनुसार अन्य क्षेत्रसँग सहकार्य गरिने बताउनुभयाे ।

तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा सिंजालीले जिल्लाभित्र तथा छिमेकी जिल्लाहरूबाट अाउने पर्यटकहरूकाे मन जित्ने गरि श्रीनगर क्षेत्र व्यवस्थापन सुरूवात गरिएकाे भन्दै सबै नागरिकले श्रीनगरलाइ स्वच्छ, सफा र वातावरणमैत्री राख्न सहयाेग गर्नु अावश्यक रहेकाे बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस