कुसुमखोलामा बृद्ध महिला मृत फेला, हत्या भएको आशंका

कुसुमखोलामा बृद्ध महिला मृत फेला, हत्या भएको आशंका


पाल्पा,असार ३०
पाल्पाको रिब्दीकोट–५, कुसुमखोलास्थित हरिखर्क डाँडाकी ७८ वर्षकी हुमकुमारी आले मृत अवस्थामा फेला पर्नुभएको छ । उहाँ शुक्रबार बेलुकी ७ बजेतिर मृत अवस्थामा फेला पर्नुभएको वार्ड अध्यक्ष मन बहादुर अस्लामीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक बृद्धाकोे निधारमा चोट छ । भने कानका गहना समेत साथमा रहेको छैनन् । स्थानीयले आलेको हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।
घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थानमा पुगेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस