उपभोक्तालाई सहुलियतमा खानेपानी महशुल छुट

उपभोक्तालाई सहुलियतमा खानेपानी महशुल छुट

सुशीला रेग्मी
रामपुर (पाल्पा), असार ३१

रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महशुलमा सहुलियत छुट दिने भएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गते देखि लागू हुने गरी शुक्रवार पत्रकार भेटघाट गरी छुट सहित नयाँ मुल्य निर्धारण गरिएको छ ।
आठ युनिटसम्म प्रतियुनिट रु १७५ (न्युनतम रकम), नौ देखि २० युनिटसम्म पानी उपभोग गर्ने उपभोक्ताले (न्युनतम रकम रु १७५ सहित) रु ४० प्रतियुनिट, २१ युनिटभन्दा माथि पानी उपभोग गर्नेले (न्युनतम रकम रु १७५ सहित) रु ६३ प्रतियुनिट पानीको मुल्य कायम गरिएको आयोजनाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
“उपभोक्तालाई खानेपानीमा राहतस्वरुप नगर विकास कोषको सल्लाह अनुसार खानेपानी महशुलको दररेट घटाइएको छ, खानेपानीको हाहाकार रहेको रामपुरमा यस आयोजना लागू भएपश्चात् घर–घरमा स्वच्छ, गुणस्तरीय खानेपानी सुबिधा पुगेको छ, उपभोक्तालाई पानीको जोहो गर्नुपर्ने समस्या सधाका लागि हटेको छ” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
यसभन्दा अगाडी न्यूनतम शुल्क रु २७५ (दश हजार लिटरसम्म पानी उपभोग गरेमा मात्र), दश हजार लिटर माथिदेखि २० हजार लिटरसम्म पानी उपभोग गर्नेले प्रतियुनिट रु ४२ र २१ हजार लिटरदेखि माथि पानी उपभोग गर्नेका लागि प्रतियुनिट रु ६३ शुल्क निर्धारण गरी पानी घर–घरमा वितरण भइरहेको कार्यालयले जनाएको छ ।
हालसम्म तीन हजार ७६४ घरधुरीले खानेपानी उपभोगका लागि नाम दर्ता गराएकामध्ये अहिले तीन हजार ३१० घरधुरीमा धारा जडान गरी पानी वितरण भइरहेको आयोजनाका व्यवस्थापक सन्तबहादुर सारु बताउनुहुन्छ ।
रामपुर नगरपालिकाका उपभोक्तलाई शुद्ध, सफा र सहुलियत खानेपानी सुबिधा घर–घरमा पु¥याउन वडा नं ४, ५, ६ र ७ को तल्लो क्षेत्रमा आयोजनामार्फत पानीको सुबिधा पुगेको छ । यस आयोजनाबाट हाल दैनिक बिहान–साँझ तीन÷तीन घण्टा खानेपानी वितरण भइरहेको छ । पानी उपभोग गरेका आधारमा मिटर जाँच गरेर शुल्क लिने गरिएको छ ।
विपन्न परिवारलाई सम्बन्धित वडाको सिफारिसमा वडाले शुल्क तिर्ने गरी खानेपानी धारा जडान गरेर पानी वितरण गरिएको आयोजनाका कोषाध्यक्ष विष्णुमाया ढकाल बताउनुहुन्छ । उहाँका अनुसार पानी वितरण गर्न टाढा रहेको स्थानमा रामपुर नगरपालिका संग समन्वय गरी पानीको सुबिधा पु¥याइएको छ ।
नगरपालिकाको वडा नं ५ बेझाड बजारमाथि रहेको राम्चे सामुदायिक वनमा साढे चार लाख लिटरका दुई वटा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ भने नगरको वडा नं ७ का दुई स्थान डुम्रीगाउँमा एकवटा दुई लाख लिटर र कार्कीडाँडामा एकवटा डेढ लाख लिटरका ट्याङ्की राखेर पानी वितरण गरिएको छ ।
बेझाड बजार क्षेत्रमा रहेका तीनवटै बोरिङबाट पानी चालु भइरहेको छ । डुम्रीगाउँ क्षेत्रमा रहेका तीन बोरिङमध्ये दुईवटाबाट पानी चालु अवस्थामा छ भने एकवटा रिजर्भमा छ । यस आयोजना क्षेत्रमा करिव १७० किलोमिटर विभिन्न साइजका पाइप बिच्छाइएको छ । आवश्यक ठाउँमा भल्भ, च्याम्बर, पाइप क्रसिङ लगायतका अन्य संरचनाको व्यवस्था गरिएको छ ।
उपभोक्ता सदस्यता बढ्दै जाँदा र पानी वितरणको समय बढाउन राम्चे सामुदायिक वनमा दुई लाख लिटरको एकवटा रिजर्भ ट्याङ्की, डुम्रीगाउँ क्षेत्रमा एकवटा चार लाख लिटरका रिजर्भ ट्याङ्की निर्माण गर्ने योजना छ । जनघनत्व बढ्दै गएकाले डुम्रीगाउँ क्षेत्रमा एकवटा डिप बोरिङ आवश्यक छ । बोरिङ प्रणालीबाट निकालिएको पानी फिल्टर गरेर उपभोक्ताको घर–घरमा पु¥याइएपछि पानीको हाहाकारको समस्या टरेको छ ।
यसभन्दा अघि नयाँ सदस्यताका लागि प्रतिघरधुरी २० हजार सदस्यता शुल्क निर्धारण गरिएकामा २०७८ असोज १ गतेदेखि लागू हुने गरी २२ हजार शुल्क तोकिएको छ । अहिले चालु भइरहेको आयोजनाले रामपुर नगरका करिव चार हजार घरधुरीमा धारा जडान गरी पानी वितरण गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । बोरिङबाट पानी तानेर उपचार विधि गरेर फिल्टर गरिएको पानी घरघरमा पु¥याइएको छ ।
नेपाल सरकार नगर विकास कोषको सहयोगमा विसं २०६७ मा सुरु भएको आयोजना २०७३ भदौमा परीक्षणका रुपमा सफल भएपछि त्यस समयदेखि नै खानेपानी वितरण गर्न थालिएको हो । नगर विकास कोषको रु २४ करोड ५० लाखको बोलपत्र आह्वान भएकामा त्यसमा ५० प्रतिशत नेपाल सरकारको अनुदान, नगर विकास कोषको ४५ प्रतिशत ऋण सहयोग र पाँच प्रतिशत उपभोक्ताको सहयोगमा आयोजना सञ्चालन भएको हो । नगर विकास कोषसँग ४५ प्रतिशत ऋण सहयोग लिएर आयोजना सञ्चालन गरिएको छ । आयोजना अन्तर्गत ६ वटा ब्लकसहित १५ समिति रहेको छ भने १३ जना कर्मचारी कार्यरत छन् ।
आयोजनाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हजुलदिन मियाँले गर्नुभएको थियो भने सहभागीलाई कोषाध्यक्ष विष्णुमाया ढकालले धन्यवाद दिनुभएको कार्यक्रमको संचालन सचिव शालिकराम सिग्देलले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस