तानसेन छेर्लुङ्गमा फलफुलको बिरुवा बितरण

तानसेन छेर्लुङ्गमा फलफुलको बिरुवा बितरण


पाल्पा,असार २८
फलफुलको पकेट क्षेत्र घोषणा गर्ने उद्धेश्यले तानसेन नगरपालिका १३ छेर्लुङ्गमा फलफुलको बिरुवा बितरण गरिएको छ । डिभिजन वन कार्यालयले २ सय कागती,३ सय कलमी आँप,२ सय लिची,को बिरुवा उपलब्ध गराएपछि उक्त फलफुलका बिरुवा रोपिएको हो । छेर्लुङ्गमा पहिलो पटक ७ सय फलफुलका बिरुवा रोपिएको हो ।


निशुल्क रुपमा ठूलो संख्यामा फलफुलको बिरुवा पाउदा खुसी लागेको कृषक तुलसा भट्टराईले बताउनुभयो । ठूलो संख्या फलफुलको बिरुवा पाउदा खुसी भएका छौ । यसलाई सहि रुपमा बिरुवा आआफ्नो खेत तथा बारीमा लागाउने स्थानीय किशोर भट्टराईले बताउनुभयो ।
नदी तटिय क्षेत्र तथा उर्वारा जमिन भएकाले यस क्षेत्रमा फलफुलको उत्पादन राम्रो हुने भएकाले आगामी दिनमा समेत थप सहयोग गन डिभिजनल वन अधिकृत प्रमुख दिपक ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस