तानसेन सिमेन्ट भारतीय बजारमा

तानसेन सिमेन्ट भारतीय बजारमा

सुनवल – नेपाली सिमेन्टले भारतीय बजारमा प्रवेश गरेको छ । इतिहास रच्दै पश्चिम नवलपरासीको सुनवलस्थित पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो उत्पादन भारतीय बजारमा प्रवेश गराएको हो । कम्पनीद्वारा उत्पादित तानसेन सिमेन्टको शुक्रबारदेखि  औपचारीक रुपमा छिमेकी राष्ट्र भारतमा निर्यात हुन लागेको कम्पनीले जनाएको छ । शुक्रबार एक औपचारिक कार्यक्रम आयोजना गरी पाल्पा सिमेन्टले आफ्नो उत्पादन अब नेपालमा मात्रै नभएर भारतमा समेत  बिक्रि गर्न लागेको जनाएको हो ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ स्थित आरएमसी ग्रुपद्वारा सञ्चालित उद्योगले शुक्रवारबाट तानसेन सिमेन्ट सुनौली नाका हुँदै भारततर्फ निकासी सुरु गरेको सञ्चालक शेखर अग्रवालले जानकारी दिए। स्थानीय र राष्ट्रिय स्तरमा बजारीकरण गर्दै आएको उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ। 

भारतमा सिमेन्ट पठाउनका लागि गर्नुपर्ने गुणस्तर मापदण्डलगायतका सबै सरकारी प्रक्रिया पूरा गरी उद्योगले सिमेन्ट पठाउन थालेको हो। उद्योगले पहिलो चरणमा भारतको उत्तर प्रदेशलाई लक्षित गरेर सिमेन्ट पठाउन सुरु गरेको छ।

दैनिक १८ सय टन क्लिंकर उत्पादन क्षमताको प्लाण्ट रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस