पाखुरे सामुदायिक बनमा ८ हजार तेजपातको बिरुवा रोपियो

पाखुरे सामुदायिक बनमा ८ हजार तेजपातको बिरुवा रोपियो

पाल्पा,असार १६


पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ मा रहेको पाखुरे सामुदायिक बनमा ८ हजार तेजपातको बिरुवा रोपिएको छ । पाखुरे सामुदायिक वन उपभोक्ता समूह रैनादेबी छहरा,ऐसेलुगैरा ब्लक डिभिजन वन कार्यालय पाल्पा र पाखुरे सामुदायिक वन उपभोक्ता समूह रैनादेबी छहरा–४ पाल्पाको संयुक्त आयोजनामा राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा उक्त बिरुवा रोपिएको हो ।
बाजा गाजा सहित गरिएको कार्यक्रमको बृहत् तेजपात रोपण महाअभियानको डिभिजनल वन अधिकृत दिपक ज्ञवालीले भब्य समारोहका बिच सुभारम्भ गर्नुभयो । प्रमुख अतिथी समेत रहनुभएका अधिकृत ज्ञवालीले वृक्ष रोप्ने तरिकाको वारेमा अति सरल तरीकाबाट उपभोक्ताहरुलाई प्रशिक्षण दिनुभयो ।
समृद्धिको लागी सन्देश प्रवाह गर्दै करिब २ घण्टामा ८ हजार बिरुवा रोपण गर्ने उद्देश्यका साथ बृक्षारोपण गरिएको हो ।
कार्यक्रममा पाखुरे सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष नल बहादुर रानाले खेर गइरहेको जग्गामा आम्दानी दिन सक्ने तेजपत्ता लगाइएकाले यस क्षेत्रका नागरिकहरुले आगामी दिनमा राम्रो आम्दानी लिन सक्ने धारणा राख्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी वन,वातावरण तथा भु संरक्षण मन्त्रालयका योजना अधिकृत सन्त थिङ्गले उत्पादन मुलक बिरुवा रोपणले वातावरण संगै आम्दानी समेत राम्रो हुने बताउनुभयो । त्यस्तै बिशिष्ट अतिथी रिब्दिकोट सब डिभिजन प्रमुख उपेन्द्र अर्यालले कार्यक्रम राम्रो र यसको नतिजा समेत राम्रो आउने बिश्वास ब्यक्त गर्नुभयो । साथै कार्यक्रममा डिभिजन वन कार्यालयका ब्यबस्थापन अधिकृत संयोग बस्नेत,योजना अधिकृत रामचन्द्र लामा, कार्यक्रमका अध्यक्षता पाखुरे सा.व.उ.स.का अध्यक्ष नल बहादुर राना, प्रमुख अतिथी डिभिजनल वन अधिकृत दिपक ज्ञवाली, बिशिष्ट अतिथी वन,वातावरण तथा भु संरक्षण मन्त्रालयका योजना अधिकृत सन्त थिङ्ग, बिशिष्ट अतिथी रिब्दिकोट सब डिभिजन प्रमुख उपेन्द्र अर्याल हुनुहुन्थ्यो । कार्यक्रममा करिब २ सय ५० उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
अनुत्पादित झाडी बुट्यान क्षेत्रहरुमा तेजपात रोपण मार्फत वन उद्यम विकास तथा वन व्यवस्थापन कार्यमा अतुलनिय योगदान पु¥याउनु भएकोमा डिभिजन वन कार्यालय पाल्पाका डिभिजन प्रमुख दिपक ज्ञवालीलाई कदर पत्र सहित बिषेश सम्मान गरीएको थियो । साथै सो कार्यको परिकल्पना, समन्वय तथा सन्चालनमा सहजिकरण गरी २ वर्षमा करिब २१ हेक्टर झाडी बुट्यान क्षेत्रहरुमा तेजपात रोपण कार्य सफल गराउन उतुलनिय योगदान दिने रिब्दीको सव डिभिजन वन कार्यालयका प्रमुख उपेन्द्र अर्याललाई समेत कदर पत्र प्रदान गरी बिशेष सम्मान गरीयो । यसैगरी सोही. कार्यालयका वन रक्षक प्रदिप जि.सी लाई सो कार्यमा प्राविधिक सहयोग गरेकोमा सम्मान गरीयो ।कार्यक्रममा सामुदायिक वनका वर्तमान ५ जना सल्लाहकारहरु समेतलाई ढाकाटोपी लगाई सम्मान गरीएको थियो ।

सम्मानित हुने विशिष्ट अतिथी उपेन्द्र अर्यालकोले पोहोर साल १२.७८ हेक्टर तथा यस वर्ष ८ हेक्टर गरी २० हेक्टर क्षेत्रफल भन्दा बढीमा वृहत तेजपात रोपण गरि समृद्धिमा योगदान गर्ने उद्देश्यले पाखुरे सामुदायिक वन उपभोक्ता समुहले तेजपातको नमुना तथा पकेट सामुदायिक वनको रुपमा उदाहरण बनेको बताउनुभयो । पाखुरे सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष नल बहादुर रानाको भनाईले यस वृहत तेजपात रोपण कार्य सफल पार्न सहयोग गर्ने प्रदेश वन, वातावरण तथा भू संरक्षण मन्त्रालय, डिभिजन वन कार्यालय तथा विशेषत अहोरात्र खटिने आम उपभोक्ताहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।उक्त कार्यक्रम राष्ट्रिय बृक्षारोपण दिवस, २०७९ अवसरमा सम्पन्न आयोजना हो ।

प्रतिक्रिया दिनुहोस