तानसेन नगरपालिकाकोे बजेट १ अर्व ३९ करोड १८ लाख

तानसेन नगरपालिकाकोे बजेट १ अर्व ३९ करोड १८ लाख


बिष्णु खनाल


पाल्पा,असार १०
पाल्पाको तानसेन नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्व ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाको बजेट सार्वजनिक गरेको छ ।

नगर उपप्रमुख प्रतिक्षा सिंजालीद्धारा प्रस्तुत आर्थिक बर्ष २०७९÷८० को लागी नगरकार्यपालिका,वार्ड कार्यालय बिषयगत शाखाले गर्ने सेवा र कार्यहरुको लागी लागि १ अर्व ३९ करोड १८ लाख ९३ हजार ५४ रुपैयाको बजेट ल्याइएको हो ।
आय,ब्यय,चालु खर्च बित्तय ब्यबस्था समेत रु ७५ करोड ९३ लाख ७५ हजार ९ सय ४२ अर्थात ५४ दशमलब ५६ प्रतिशत रहेको छ । त्यस्तै ६३ करोड २५ लाख १७ हजार १ सय १२ अर्थात ४५ दशमलब ४४ प्रतिशत पूँजिगत खर्च समेत गरि सन्चित कोषबाट खर्च गरिने जनाइएको छ ।
नगर सभामा शुभकामना मन्तब्य राख्दै नगरसभा सदस्य चेत बहादुर थापाले प्रत्येक वार्डलाइ १ करोड बजेट पर्नुले बिकासमा मद्धत पुग्ने बताउनुभयो । उहाँले ५ बर्षसम्म सबै क्षेत्रलाई समान ढंगबाट बिकासले समेट्नु पर्ने धारणा राख्नुभयो । त्यस्तै नगरसभा सदस्य सीता बस्नेत,अनिता सोमै,सबिता भट्टराईले शुभकामना मन्तब्य दिनुहुदै आगामी ५ बर्षमा नगरपालिकाले सुशासन, पारदर्शीत तथा बिकासमा अब्बल बनाउनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
नगर उपप्रमुख सिंजालीले पेश गर्नुभएको बिनियोजन बिधेयक २०७९ सर्बसम्मतले पास भयो । नगरसभामा हेमन्तराज शाक्यले प्रस्तुत गर्नुभएको प्रस्तुत गर्नुभएको आर्थिक बिधेयक २०७९ माथी नगर सभा सदस्य लक्ष्मी पाण्डेले धारणा राख्नुभयो । शाक्यले पेश गर्नुभएको आर्थिक बिधेयक सर्बसम्मतले पास भयो ।
सभाकी उपप्रमुख प्रतिक्षा सिंजालीले प्रस्तुत गर्नुभएको न्यायीक समिती प्रतिबेदन अनुमोदन भयो । साथै महेश्वर श्रेष्ठले प्रस्तुत गर्नुभएको कर्मचारी सेवा बिधेयक समेत सर्बसम्मतिले पारित भयो ।
सभाको शून्य समयमा बेल्दै नगरसभा सदस्य माधब प्रसाद बस्यालले यो नयाँ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसार काम गर्ने छ भन्ने बिश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस