मुक्तिनाथ बिकास बैंकद्धारा तानसेन क्याम्पसलाई हाजिरी मेसिन हस्तान्त्रण

मुक्तिनाथ बिकास बैंकद्धारा तानसेन क्याम्पसलाई हाजिरी मेसिन हस्तान्त्रण

पाल्पा,असार ८


मुक्तिनाथ बिकास बैंक तानसेनले तानसेन बहुमुखी क्याम्पसलाई कर्मचारी हाजिरी मेसिन हस्तान्त्रण गरेको छ । बैकको सामाजिक उत्तरदायित्ब कार्यक्रम अन्तरगत बैंकले कर्मचारी हाजिरी मेसिन क्याम्पसलाई उपलब्ध गराएको हो ।

हस्तान्त्रण कार्यक्रममा बैकका प्रबन्धक भुपराज भट्रराईले बिगत देखि नै बैकले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक सहयोग गर्दै आएको बताउनुभयो । र यस खालको सहयोग आगामी दिनमा समेत गर्दै जाने उहांँले बताउनुभयो ।हाजिरी मेसिन ग्रहण गर्दै क्याम्पस प्रमुख पुस्करराज रेग्मीले प्रबिधीमैत्री हाजिरी मेसिनले क्याम्पसका कर्मचारी तथा प्रध्यापकहरुलाई दैनिक हाजिरी बिबरण राख्न सहज हुने बताउनुभयो । प्रमुख रेग्मीले मुत्तिनाथ बिकास बैक परिवारलाई धन्यबाद दिनुभयो ।


बितरण समारोह निर्वतमान क्याम्पस प्रमुख गोबिन्द घिमिरे,बैकका कर्मचारी,क्याम्पसका कर्मचारी बिद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस