भुवनपोखरीमा बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा शुरु

भुवनपोखरीमा बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा शुरु

पाल्पा,असार ८

पाल्पाको रैनादेबी छहरा गाउँपालिका वडा न ३ भुवनपोखरीमा बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा शुरु भएको छ । बर्थिङ्ग सेन्टर तथा प्रयोगशालाको रैनादेबी छहरा गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले शुभारम्भ गर्नुभएको हो । बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा सुरु भएपछि यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा सहज हुने छ ।

कार्यक्रममा रैनादेबी छहरा गाउँपालिका अध्यक्ष भट्टराईले गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई अब्बल बनाई अगाडि बढाउने बताउनुभयो । स्वास्थ्य क्षेत्र अन्य क्षेत्र भन्दा संवेदनशील हुने हुदा गाउँपलिकाले स्वास्थ्य क्षेत्रको संवेदनशीलतालाई मध्ये नजर गरि स्वास्थ्यमा आमुल परिवर्तन गर्ने गरि योजनाका साथ अगाडि बढ्ने बताउनुभयो । भुवनपोखरीमा बर्थिङ्ग सेन्टर तथा प्रयोगशाला सेवा सुभारम्भ भएको र आगामी दिनमा गर्भवती महिलाहरू सुत्केरी हुनका लागि पालिका भन्दा बाहिर जान नपर्ने बताउनुभयो ।
स्वास्थ्य परिक्षण गर्नका लागि नागरिकहरूलाई टाढा जानु पर्ने परिस्थिति रहेता पनि हाल स्वास्थ्य चौकीबाट स्वास्थ्य परिक्षण सेवा शुभारम्भ गरिएको बताउदै स्वास्थ्य उपचारमा नागरिकहरूको पहुच पुग्न सहजता हुने बताउनुभयो । कार्यक्रममा नवनिर्वाचित वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुखहरु , पुर्व जनप्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम वडा अध्यक्ष प्रदिप पौडेलको अध्यक्षता र गाउँपालिकाका स्वास्थ शाखा प्रमुख जीवन रानाको विशिष्ट आतिथित्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस