रामपुर मटेरी ठूलोटारमा सरसफाई कार्यक्रम

रामपुर मटेरी ठूलोटारमा सरसफाई कार्यक्रम

सुशीला रेग्मी
रामपुर (पाल्पा), असार ५
पाल्पाको रामपुर नगरपालिका ५ स्थित मटेरी ठूलोटारमा सरसफाई कार्यक्रम भएको छ । युथ युनियन मटेरी क्लबको आयोजनामा सरसफाई गरिएको हो । क्लबका अध्यक्ष कमल रानाको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा क्लबका पदाधिकारी, सल्लाहकार, जनप्रतिनिधि, नेपाली सेनाका जवान, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।
रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले क्लबले सामाजिक क्षेत्रमा उदाहरणिय काम गरेकोमा धन्यवाद दिदै यस्ता कार्यक्रम निरन्तर रुपमा अगाडी बढाउन आग्रह गर्नुभएको छ । क्लबले सामाजिक हितमा रहेर विभिन्न रचनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस