जिसस पाल्पाकाे प्रमुखमा टंक खनाल, उपप्रमुखमा काशिका

जिसस पाल्पाकाे प्रमुखमा टंक खनाल, उपप्रमुखमा काशिका

पाल्पा, असार ३

जिल्ला समन्वय समिति पाल्पाकाे प्रमुखमा टङ्कनाथ खनाल निर्वाचित भएका छन् । यस्तै उपप्रमुखमा काशिका गैरे निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै सदस्यहरूमा बसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशबराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएका छन् । नेकपा एमालेका प्यानल नै विजयी भएकाे हाे । समन्वय समितिको प्रमुखमा निर्वाचित खनालले ११ मत प्राप्त गरे। खनालका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका यमलाल तिमिल्सिनाले ९ मत मात्र प्राप्त गरेका थिए ।

यस्तै एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित गैरेले ११ र निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण भुसालले ९ मत प्राप्त गरे । जिससकाे निर्वाचनमा जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखलेमात्र मतदान गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस