पाल्पाकाे रानीमहलमा र्‍याफ्टिङ डुंगा पल्टियाे, ७ जनाकै जीवितै उद्दार

पाल्पाकाे रानीमहलमा र्‍याफ्टिङ डुंगा पल्टियाे, ७ जनाकै जीवितै उद्दार

पाल्पा, असार २

पाल्पाकाे रानीमहल क्षेत्रमा र्याफ्टिङ गर्ने डुँगा पल्टिएकाे छ । कालीगण्डकी नदीको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने डुंगा पल्टिँदा ७ जना व्यक्तिहरू नदीमा केही समय बगेका थिए । डुँगामा सवार ७ जनाकै जीवितै उद्दार गरिएकाे पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

रानीमहल घुम्न पुगेका भारतीय पर्यटक चढेकाे डुँगा पल्टिएकाे हाे । रानीमहल क्षेत्रमा रानीमहल तेजकुमारी बिच क्याम्पबाट डुंगा सञ्चालन भएको थियो । प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार उक्त डुंगामा ७ जना रहेकोमा डुंगा चालकले एक जनालाई उद्धार गरे भने बाँकी ६ जनाकाे स्थानीय र प्रहरीले उद्दार गरेकाे हाे । उनीहरूले लाइफ ज्याकेट लगाएका कारण ठूलाे दुर्घटना हुन नपाएकाे प्रजिअ पन्तले बताए ।

केही दिन अगाडीमात्र उद्दार अभ्यासका क्रममा समेत डुँगा नचलाउन सुझाइएकाे बताउँदै प्रजिअ पन्तले बर्खाकाे समय सुरू भएकाेले नदी तथा खाेला क्षेत्रमा सावधानी अपनाउनु जरूरी रहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस