पाल्पा, असार २
सिद्धार्थ राजमार्गमा टिप्पर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै असार १ गतेदेखि भदौं मसान्तसम्म सिद्धार्थ राजमार्गमा टिपर संचालनमा रोक लगाएको हो ।

सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालबहाक सवारी संचालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी संचालनलमा रोक लगाइएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए । सडकमा अत्याधिक भारबहन भएका टिपरहरु संचानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयललाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको छ ।
हेर्नुहाेस् सूचना…
