उपभोगमुखी होईन उत्पादनमुखी अर्थतन्त्र बनाउँः उद्योग महासंघ रुपन्देही

उपभोगमुखी होईन उत्पादनमुखी अर्थतन्त्र बनाउँः उद्योग महासंघ रुपन्देही

पाल्पा, जेठ २९
नेपालको अर्थतन्त्र धरासायी भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले नेपालको अर्थतन्त्रलाई अब उपभोगमुखी बनाउनुभन्दा उत्पादनमुखी बनाउनुपर्ने बताएका हुन् ।
‘उद्योग गरौं, उद्यमी बनौ, देश विकासमा टेवा पु¥याऔं’ भन्ने मूलदृष्टिकोण तथा अभियानबाट उत्प्रेरित नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीले नेपालको अर्थतन्त्रलाई धरासायी हुनबाट जोगाउन, चलायमान बनाउन उत्पादनमुखी क्रियाकलापहरुको विकल्प नरहेको निष्कर्श निकालेका हुन् । पाल्पाको तानसेनमा तीन दिनसम्म चलेको कार्यशाला गोष्ठीका सहभागीहरुले घरपरिवार तथा समुदायमा हरेक व्यक्ति कुनै न कुनै वस्तुमा आत्मनिर्भर भएर अगाडी बढ्दा देशको आयात प्रतिस्थापन गर्न सक्ने बताएका हुन् ।
शुक्रबारदेखी आईतबारसम्म पाल्पाको तानसेनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीलसंस्थागत विकास विषयक गोष्ठी गरेको हो । गोष्ठीमा सहभागी उद्यमीहरुले वार्षिक कार्ययोजना बनाएका छन् । उनीहरुले उद्यमशीलताको विकासका लागि भन्दै आआफ्नो उद्योग तथा व्यवसायलाई उत्पादन बढावा दिने तथा लागत न्यूनिकरण कसरी गर्ने भन्ने सहितको योजना बनाएका हुन् ।
नेपालको अर्थतन्त्र पछिल्ला केही महिनादेखी गम्भिर अवस्थामा रहेको बताउँदै संस्थाका अध्यक्ष ध्रुव कुमार धितालले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका कार्य गर्न सके प्रशस्त सम्भावना रहेको बताए । मेहनत, सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको भन्ने मूल उद्देश्यका साथ संस्थागत सुशासन वृद्दिका लागि कार्यशाला राखिएकोे उनले बताए । कार्यशालाको उद्घाटन गर्दै तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेन पहाडी जिल्ला भए पनि प्रशस्त घरेलु तथा साना उद्योगको सम्भावना रहेको भन्दै उद्यमीहरूलाइ पाल्पामा उद्योग व्यवसाय स्थापना गर्न अनुरोध गरेका थिए । तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजालीले कार्यशालाको समापन समारोहमा सम्बोधन गर्दै उद्योगीले देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको बताउँदै हरेक व्यक्ति उद्यमी बन्ने आकंक्षा सहित कार्य गरे देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताईन् ।
कार्यशालामा सहभागीहरुलाई सहजिकरण गर्दै स्रोत व्यक्ति मुकुन्द ज्ञवालीले हरेक नेपालीले आफ्नो खरीद व्यवहार परिवर्तन गर्नु आवश्यक रहेको बताएका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरु वसन्त रोका, कनैयाला कशोधन, सल्लाहकार जीवनारायण अधिकारी, टंकनाथ अधिकारी लगायतले नेपाल कृषिमा आत्मनिर्भर बन्न सकेमात्र पनि आयात कम हुने बताएका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईको व्यवस्थापन तथा सचिव दिपक खनालको सञ्चालनमा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ रूपन्देहीमा आवद्द उद्यमीहरूले व्यवसायिक अवसर तथा चुनौतीका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस