नेपाल शिक्षक संघद्वारा जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना

नेपाल शिक्षक संघद्वारा जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना

गजेन्द्र पन्थी

पाल्पा, जेष्ठ २९

नेपाल शिक्षक संघ, माथागढी गाउँ कार्यसमिति,पाल्पाको आयोजनामा गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामनाका साथै सेवा निवृत्त शिक्षक   शिक्षकहरूलाई सम्मान र नव आगन्तुक शिक्षकहरुलाई स्वागत कार्यक्रम शनिबार किसान मा.वि.झडेवामा सम्पन्न भएको छ।

 कार्यक्रममा प्रमुख अतिथी नेपाल शिक्षक महासंघ पाल्पाका जिल्ला अध्यक्ष तथा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति अध्यक्ष धनकला गाहाले शिक्षकहरु पेशागत हकहितका लागि संगठित भइ लाग्नु पर्ने र आफ्नाे जिम्मेवारीलाई मर्यादित ढंगले पुरा गरी शैक्षिक गुणस्तर बृद्धि गर्न तर्फ केन्द्रित हुनुपर्ने बताउनु भयाे ।,कार्यक्रमका  विशिष्ट अतिथि माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले शिक्षण पेशा मात्रै नभइ सेवा पनि भएकाले सबै शिक्षकहरुले माथागढीकाे शैक्षिक गुणस्तर सुधार गर्न मेहनतका साथ लाग्न अनुराेध गर्नु भयाे उहाँले  अध्यक्ष चिदिले आफू अध्यक्षमा निर्वाचित भएसँगै गाउँ कार्यपालिकाको पहिलो बैठकमानै  अभिभावक विहीन बालबालिकाहरुलाई निशुल्क शिक्षा प्रदान गर्ने गरि निर्णय गरेकाे बताउनु भयाे। योसँगै अध्यक्ष चिदिले शिक्षा क्षेत्रमा कुरुती भित्रिन नदिन शिक्षकहरू स्वयम सजग रहनुपर्ने, एक जना शिक्षकले गरेको गल्तीले धेरै जना शिक्षक मुछिन नहुने समेत बताउनुभयो। उहाँले गाउँपालिकाको शिक्षा क्षेत्रको गुणस्तरको लागि सबै जना हातेमालो गर्दै अघि बढ्नुपर्ने भएकोले आफू यस विषयमा सजग रहने समेत अध्यक्ष चिदिले बताउनुभयो

कार्यक्रमका अतिथि उपाध्यक्ष बिष्णुमाया लुङ्चेले गुणस्तर शिक्षाको लागि शिक्षकहरुको भूमिका नै अहंम रहने हुँदा शिक्षकहरूको मनोबल गिराउने कुनै पनि कार्य गाउँपालिकाबाट नगरिने र शिक्षकहरूको आवश्यक सल्लाह-सुझावबाटै विविध कार्ययोजना तयार पारिने समेत बताउनुभयो। यसै गरी सामाजिक विकास समितिका संयाेजक तथा वार्काड नं १ का अध्यक्ष राजकुमार पन्थीले सामुदायिक विद्यालयहरुमा सरकारले प्रति विद्यार्थी गरेकाे लगानी अनुसारकाे नतिजा र प्रतिफल प्राप्त गर्न शिक्षा क्षेत्रमा थुप्रै सुधारकाे आवश्यकता रहेकाे बताउनु भयाे । कार्यक्रममा  नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सचीव अशोक घिमिरे, नेपाल शिक्षक संघ, जिल्ला कार्यसमिति अर्थ सचीव गोपालप्रसाद घिमिरे, नेपाल शिक्षक महासंघ माथागढीका अध्यक्ष गिरिराज बेलबासे, माथागढी वडा  वडा नं.-६ का वडाअध्यक्ष युव बहादुर ठाडा, वडा नं.-७ का वडाअध्यक्ष जंग बहादुर दर्लामी, वडा नं.-८ का वडाअध्यक्ष दिल बहादुर ढेंगा, सेवा निवृत्त शिक्षक तुला बहादुर सारु, केशव प्रसाद रेग्मी, माधव पाण्डे, नेपाल शिक्षक संघ गाउँकार्यपालिका उपाध्यक्ष नीर बहादुर सारु  शिक्षा शाखा प्रमुख गजेन्द्र पन्थी लगायतकाे  सहभागिता रहेकाे थियाे  । 

 । 

कार्यक्रममा माथागढी गाउँपालिका अन्तर्गतका ८ वडाका शिक्षक संघका  शिक्षकहरुको उपस्थिति रहेकोे थियो। कार्यक्रममा नव निर्वाचित जन प्रतिनिधिहरु र सेवा निवृत्त शिक्षकहरुलाई सम्मान  पत्र र खादा ले सम्मान गरिएकाे थियाे ।  नेपाल शिक्षक संघ, माथागढी गाउँ कार्यसमितिका उपाध्यक्ष नीर बहादुर सारुकाे   स्वागत मन्तव्यबाट  शुरु  भएको कार्यक्रम नेपाल शिक्षक संघ माथागढी गाउँ कार्यसमितिका सचीव राजन अधिकारीकाे संञ्चालन र कार्य समितिका अध्यक्ष डिल्लीराज रेग्मीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस