विश्व वातावरण दिवसमा चुनुमाया पार्कमा वृक्षारोपण

विश्व वातावरण दिवसमा चुनुमाया पार्कमा वृक्षारोपण

पाल्पा, जेठ २२
विश्व वातावरण दिवसको अवसरमा पाल्पाकाे तिनाउँ गाउँपालिका–३ दोभानमा रहेको चुनुमाया पार्कमा वृक्षारोपण गरिएको हो । ‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो दिवस मनाइएको हो ।

दिवसको अवसरमा लुम्विनी प्रदेश वन वातावरण तथा भु–संरक्षण मन्त्रालयका मन्त्री सुरेन्द्र बहादुर हमालले वृक्षारोपण गर्दै प्रकृतिसँग सँगसँगै मानव जीवनको अस्तित्व रहेको बताए । उनले जीविन जीउन प्रकृतिको साथ अनिवार्य रहेको भन्दै दिगोरुपमा बाँच्ने आधार नै प्रकृतिसँग रहेकाले यसको संरक्षण र संवृद्र्धनमा ध्यान दिनु आवश्यक रहेको बताए ।

लुम्विनी प्रदेश सदस्य तुलाराम घर्ती तथा वन वातावरण तथा भु–संरक्षण मन्त्रालयका सचिव दुर्गा बहादुर कार्कीले वर्तमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यता रहेको उजागर गरेका थिए । तिनाउ खोलाको किनारा रहेको चुनुमाया पार्कलाई हरियाली शितल बनाउने र तिनाउँ नदी बस्ती भित्र नपसोस भन्ने अभियानका साथ वृक्षारोपण गरिएको डिभिजन वन अधिकृत दीपक ज्ञवालीले बताए ।

लुम्बिनी प्रदेश वन मन्त्रालयको आयोजना, डिभिजन वन कार्यालय पाल्पा, सव डिभिजन वन कार्यालय तिनाउ र भुतखोला सामुदायिक वन उपभोक्ता समितीको सहयोगमा वातावरण दिवसको अवसरमा चुनुमाया पार्कमा वृक्षारोपण गरिएको हो ।

दिवसका अवसरमा वातावरणका क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम गरेका छन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखको दिनलाई विश्व वातावरण दिवसका रूपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस