रुपन्देहीको रोहिणी खोलामा बस खस्यो ९ जनाको मृत्यु, २३ घाइते

रुपन्देहीको रोहिणी खोलामा बस खस्यो ९ जनाको मृत्यु, २३ घाइते

भैरहवा । रुपन्देहीको रोहिणी खोलामा यात्रु बोकेको बस दुर्घटनामा परेकाे छ । भैरहवा–परासी सडक खण्डमा पर्ने राेहिणी खाेलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको बताइएकाे छ ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको हाे । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले बताए । उनले प्रहरीले बसलाई निकालेको र घाइतेको उद्धार गरि अस्पताल पुर्याउने काम भएको बताए ।

प्रतिक्रिया दिनुहोस