तानसेन ११ बन्दिपोखराको वडा भवन शिलान्यास

तानसेन ११ बन्दिपोखराको वडा भवन शिलान्यास

तानसेन नगरपालिका वडा न ११ बन्दीपोखराको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठले भवन शिलान्यास गर्नुभएकाे हाे ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नवनिर्मित भवनले निर्माण पश्चात् सेवा ग्राहीलाई सेवा लिन सहज हुने बताउनुभयो । भवन निर्माण कम्पनीलाई सम्झौता समयमा अवधि भित्र गुणस्तर, मापदण्ड अनुसारको भवन निर्माण गरि हस्तान्तरण गर्न निर्माण सेवा कम्पनीलाई आर्गह गर्नुभयो ।

वडा अध्यक्ष यादब सि कार्कीले भवन निर्माण जिल्ला समन्वयबाट ६० प्रतिशत र तानसेन नगरपालिकाबाट ४० प्रतिशत विनियोजन बजेटबाट भवन निर्माण कार्य शुभारम्भ गरिएको बताउनुभयो । जिर्ण भवनबाट सेवा प्रदान गर्दै आएको वडा कार्यालयले भवन निर्माण पश्चात् सेवाग्राहीहरूले सेवा लिन सहज हुने बताउनुभयो ।

भवन निर्माण आर एण्ड आर सिभिल कन्स्ट्रक्सन सेवा कम्पनीले कुल लागत ८० लाख ७० हजार ५ सय १ रूपैयाँमा चैत मसान्तसम्म सम्पन्न गर्ने गरि ठेक्का लिएको छ । हाल वडा कार्यालयको भवन निर्माण कार्य भइरहेकोले सेवा ग्राहीहरूलाई  लिपिन्देबी मन्दिरको परिसरबाट सेवा प्रदान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस