तिनाउमा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने

तिनाउमा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने

तिनाउमा निशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने भएकाे छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले निशुल्क एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

बैठकले तिनाउ गाउँपालिकाभित्र रहेका स्थानीय ब्यक्तिहरु कुनै कारण दुर्घटनामा परेमा बुटवल, भैरहवा र तानसेन, पाल्पासम्म उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको हो । साथै गर्भवती महिलाहरुलाई सुत्केरी एवम् थप चिकित्सकीय सेवाका लागि समेत तानसेन, पाल्पा र बुटवल भैरहवासम्म एम्बुलेसन्स सेवा निःशुल्क दिने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

निशुल्क एम्बुलेन्स सञ्चालनका लागि आवश्यक कार्यविधि बनाइ नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । बैठकले तिनाउ गाउँपालिकाभरि रहेका लिफ्टिङ्ग खानेपानीमा लाग्ने विद्युत महसुलमा २५ प्रतिशत् रकम गाउँपालिकाले अनुदान दिने निर्णय गरेको छ ।

निवर्तमान पदाधिकारी एवम् सदस्यहरुलाई नवनिर्वाचित गाउँपालिकाका पदाधिकारी एवम् प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बिदाई गरेका छन् । गाउँपालिकाका निवर्तमान अध्यक्ष ओमबहादुर घर्तिमगरले नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई तिनाउको एकीकृत विकासमा निस्वार्थ लाग्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस