लायन्स क्लब अफ पाल्पा तानसेनकाे अध्यक्षमा महर्जन, चार्टर्ड हस्तान्तरण

लायन्स क्लब अफ पाल्पा तानसेनकाे अध्यक्षमा महर्जन, चार्टर्ड हस्तान्तरण

लायन्स क्लब अफ पाल्पा तानसेनकाे अध्यक्षमा सागरमान महर्जन चयन हुनु भएको छ । महर्जन दाेस्त्राे कार्यकालकाे लागि लायन्स क्लब अफ पाल्पा तानसेनकाे अध्यक्षमा चयन हुनु भएको हाे । 

शुक्रबार चार्टर्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि डिस्टिक एक्जुटिभ चिफ तथा गाइडिङ्ग लाईन लायन सुशील प्रधानले आगामी दिनमा नया उर्जाका साथ सामाजिक उत्तरदायित्वकाे भावना अनुरूप सामाजिक कार्य लाग्ने कुरा विश्वस्त रहेकाे बताउनुभयाे । तानसेन वडा न ६ का वडा अध्यक्ष समेतकाे टिम लायन्स क्लब अफ तानसेन पाल्पाले पाएकाे बताउदै आगामी दिनमा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरि  अगाडि बढ्न आर्गह गर्दै सस्थाकाे हितका लागि गर्नु पर्ने सहयोग गर्ने बताउनुभयो । 

लायन्स क्लब अफ पाल्पाका अध्यक्ष एवम एक्सटेन्सन चियर पर्सन लायन माेहन श्रेष्ठले पाल्पा लायन्सबाट जिल्लामा हाल १६ वटा लायन्सहरूकाे शाखा स्थापना भएको बताउनुभयो । लायन्स क्लबले म सेवा गर्छु भन्ने उधेश्यका साथ सामाजिक कार्यमा अगाडि बढ्ने गरेको बताउदै अागामी दिनमा सामाजिक दायित्वकाे भावना अनुरूप सामाजिक कार्यमा लाग्न सस्थालाई शुभकामना व्यक्त गर्नुभयाे । 
कार्यक्रममा एक्सटेन्सन चियरपर्सन तथा डिस्टिक डियुटी चिफ ला.मधु दयाल शैजु,अनररी डिस्टक एडभाईजर ला. बुद्धि प्रसाद शर्मा, त्रिलाेचन पाैडेल,डिस्टिक डिपार्टमेण्ट मेम्बर शादा नेपाल, जाेन १११ का जाेन चियर पर्सन ला. सुरेन्द्र पाैडेल लगाएतले शुभकामना व्यक्त गर्दै मायासँगै म सेवा गर्छु भन्ने भावनाले अागामी वर्षकाे काम सम्पन्न हुने बताए ।

कार्यक्रमकाे अवसरमा सस्थाका पदाधिकारीहरूलाई प्रमाण पत्र एवम पिन प्रदान गरि  सम्मान गरिएको थियाे । कार्यक्रमकाे स्वागत मन्तव्य सस्थाका  द्वितीय उपाध्यक्ष लायन राजिव कुमार शाह गर्नु भएको थियाे भने लायन्स क्लब अफ पाल्पाका अध्यक्ष सागर मान महर्जनकाे अध्यक्षता र सस्थाका सचिव धिरज बज्राचार्यकाे सञ्चालनमा सम्पन्न भएको थियाे । 

प्रतिक्रिया दिनुहोस