रामपुरमा विश्व दुग्ध दिवस मनाइयो

रामपुरमा विश्व दुग्ध दिवस मनाइयो

सुशीला रेग्मी
रामपुर (पाल्पा), जेठ १९
रामपुरमा विश्व दुग्ध दिवस कार्यक्रम मनाईएको छ । जिल्ला भेटरिनरी अस्पपताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पा र सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाको आयोजनामा कार्यक्रम भएको हो ।

संस्थाको कार्यालय बेझाड बजार नहरअफिसबाट निकालिएको ¥याली हुलाकरोड बेझाड बजार हुदै पुनः कार्यालयसम्म ¥याली निकालिएको थियो । स्वस्थ जीवन दूध सेवन, नियमित दुधको सेवन, कोभिड विरुद्ध दिर्घजिवन भन्ने नारा लेखिएको प्लेकार्ड सहित आधारभुत मावि पशुविज्ञान सङ्कायमा अध्ययनरत विद्यार्थी, शिक्षक, जिल्ला भेटरीनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख, कर्मचारी, सहकारीका पदाधिकारीको ¥यालीमा सहभागीता रहेको थियो । सहकारीका अध्यक्ष कृष्णकुमार अर्यालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण जिल्ला भेटरीनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डाक्टर चन्द्रबहादुर रानाले गर्नुभएको हो ।

सिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाका पशुधन सुरक्षण समितिका संयोजक नगिलाल पौडेलले धन्यवाद दिनुभएको कार्यक्रममा स्वागत संस्थाका व्यवस्थापक भविनारायण मरासिनीले गर्नुभएको हो । कार्यक्रमको संचालन संस्थाका सचिव विनोद श्रेष्ठले गर्नुभएको हो । रामपुर नगरपालिकामा हाल दैनिक एक हजार २०० देखि एक हजार ५०० लिटरसम्म दूध बजारमा खपत हुदै आएको सहकारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस