पुर्वखोलाका १ हजार ८ सय विधार्थीहरूको मुटु परिक्षण गरियाे

पुर्वखोलाका १ हजार ८ सय विधार्थीहरूको मुटु परिक्षण गरियाे

पाल्पा, जेठ १९

पुर्वखोला गाउँपालिका विद्यार्थीहरूकाे मुटु परिक्षण शिविर सञ्चालन गरिएकाे छ । पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवा, वडा नं ५ विरकोट, वडा नं६ हेक्लांगमा जेठ १६ र १७ गते २ दिन निशुल्क मुटु परिक्षण कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए ।

हृदयरोग निवारण प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौँको सहयोगमा र नेपाल हृदयरोग निवारण प्रतिष्ठान ईकाइ कार्यालय पूर्वखोलाको अायाेजनामा कार्यक्रम भएकाे हाे । शिविरमा सिलुवाका छात्र ४४३, छात्रा ३९५ गरी जम्मा ८३८ जनाले, विरकोटमा छात्र  २८१, छात्रा २८८ गरी जम्मा ५६९, हेक्लांगमा छात्र १९४, छात्रा १९६ गरी जम्मा ३९० गरी कुल जम्मा १८ सय विद्यार्थीको मुटु परिक्षण गरिएको थियाे । जसमध्ये १ जना विद्यार्थीलाई काठमाडौँ  र ७ जना विद्यार्थीलाई लुम्बिनी मेडिकल कलेज प्रवासमा थप जाँचको लागि पठाईएको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले गाउँपालिकाले विद्यार्थीहरूको मुटु परिक्षण गरि स्वास्थ्य अवस्थाको बारेमा दिन शिविर सञ्चालन गरिएको बताए । मुटु परिक्षण पश्चात् मुटुमा समस्या देखा परेका,आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीलाई गाउँपालिकाले स्वास्थ्य उपचारमा सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस