तानसेनको नगर कार्यपालिकाले पायो पूर्णता

तानसेनको नगर कार्यपालिकाले पायो पूर्णता

पाल्पाको तानसेन नगरपालिकाको कार्यपालिकाले पूर्णता पाएकाे छ । स्थानीय तह सदस्य निर्वाचन अन्तरगत पाचँ वर्षे कार्यकालका लागि ८ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट लक्ष्मी नेपाल, सविता भट्टराई, पुजा रावल, दिनेश गन्धर्व र अनुराम दाम, नेकपा माओवादी केन्द्रबाट मञ्जु विक र लक्ष्मी विक तथा नेकपा एकिकृत समाजवादीका तर्फबाट संजय घले रहेका छन् । २४ सदस्यीय कार्यपालिका रहेको तानसेन नगरपालिकामा नेपाली काँग्रेसबाट १७ जना, नेकपा माओवादी केन्द्रबाट २ जना, नेकपा एमाले बाट ४ जना र नेकपा एकिकृत समाजवादीबाट १ जना रहेका छन् ।

। नव निर्वाचित कार्यपालिका सदस्यहरूले पदभार ग्रहण गरेसँगै नगर कार्यपालिकाको कार्यालयले पूर्णता पाएको हो । नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई नगर प्रमुख सन्तोष लाल श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस