माथागढीकाे सराईमा बजार बस्ती विकास गुरुयोजना छलफल

माथागढीकाे सराईमा बजार बस्ती विकास गुरुयोजना छलफल

पाल्पा, जेठ १८

माथागढी सराई बजारको बस्ती विकास गुरुयोजना तयारी सम्बन्धि छलफल कार्यक्रम भएको छ । माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनीकाे वडा कार्यालयमा कार्यक्रम सम्पन्न भएकाे हाे ।

माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले समग्र माथागढी ३ कसेनीकाे बजार क्षेत्र हेरेर नीति तथा कार्यक्रम बनाइने बताउनुभयाे । उहाँले फाेहाेरमैला व्यवस्थापन ढल व्यवस्थापन, बालउद्दान, शुद्ध खानेपानी , सडक विस्तार, कृषि उपज संकलन केन्द्र, हाट बजार सञ्चालन , सामुदायिक सभाहल जस्ता याेजनालाइ अगाडि सार्नुपर्ने बजारका घरहरु नक्सा पास गरेर बनाउनु पर्ने जस्ता याेजनालाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भएको थियो ।

पत्रकार महासंघ अध्यक्ष रेखिराम रानाले बाटो ढलानमा मापदण्ड पूर्याउनुपर्ने जस्ता कुरालाई जाेड दिनु भएको थियो । समाजसेवी बिष्णु प्रसाद घिमिरेले कार्यक्रममा बाेल्दै विद्युत् तारलाई व्यवस्थापन , तटबन्ध निर्माण , कृषि पर्यटन , हाटबजार सञ्चालन , डम्पिङ साइड निर्माण , प्राविधिक तालिम लिएकालाई व्यवस्थापन , जेष्ठ नागरिक मेलमिलाप केन्द्र स्थापना, पकेट क्षेत्र कार्यक्रम सञ्चालन जस्ता याेजना सञ्चालन गर्नुपर्ने कुरामा जाेड दिनुभएको थियो ।

जगत बहादुर थापाले गडिया खाेला देखि तिनाउ खाेला सम्म नाली व्यवस्थापन , धाराढिक खाेला व्यवस्थापन जस्ता याेजना विरबिक्रम सुनार खानेपानी व्यवस्थापन , खानेपानी मुल संरक्षण राजन बलाल सार्वजनिक जग्गा संरक्षण , टाेल सरसफाइ , पशुपालन व्यवस्थापन पदम बहादुर घर्ती मगर घरधुरी व्यवस्थापन , फाेहाेरमैला व्यवस्थापन , खाेम बहादुर गाहा यातायात , सडक व्यवस्थापन , खानेपानी अनियमित वितरणमा राेक विमल घर्ती मगर , युवराज चिदी , तारा बहादुर सारु , लाेकेन्द्र थापा , विजया कुमारी भट्टराई लगाएतले याेजनामा समेट्नु पर्ने कार्यक्रमकाे खाका बताउनु भएको थियो ।

समर्गमा सराई बजारको बजारीकरण लाई प्राथमिकतामा राखेर टाेल बस्ती विस्ता सहितको समुदायको मागमा आधारित याेजना तथा कार्यक्रम निर्माण हुने जानकारी शहरी विकास तथा भवन कार्यक्रम प्रमुख हरिभक्त श्रेष्ठ ले जानकारी गराउनु भएको छ । कार्यक्रमका अध्यक्ष एवम् वडा अध्यक्ष तेज बहादुर घर्ती मगरले वडा अध्यक्ष नै अध्यक्ष हुनेगरी ७ सदस्यीय याेजना सहयोग समिति निर्माण गर्नु भएको छ , र वैठकले अनुमाेदन समेत गरेको छ भने याेजनालाई वडाको तथा समितिको निर्णय अनुसार पठाइने साथै समग्र बस्तीलाई समेटिने गरि याेजना निर्माण कार्यान्वयन हुने तथा सबैको सहयोग सहजीकरण साथका साथै कार्य सम्पन्न गरिने कुरामा जाेड दिनुभएको थियो ।

कार्यक्रम कार्यलय सहायक सुकुमाया दर्जीकाे सञ्चालन वडा अध्यक्ष तेज बहादुर घर्ती मगरकाे अध्यक्षता तथा गाउँपालिका अध्यक्ष यम बहादुर चिदीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

प्रतिक्रिया दिनुहोस