पोखराबाट १९ यात्रुसहित जोमसोम उडेको तारा एअरको विमान सम्पर्क विहीन

पोखराबाट १९ यात्रुसहित जोमसोम उडेको तारा एअरको विमान सम्पर्क विहीन

पोखरा। पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ। १९ यात्रु बाेकेकाे जहाज बिहान ९ बजेर ५५ मिनेटमा उडेको विमान सम्पर्कविहीन भएको बुझिएकाे छ ।

करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ। नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन।

थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस