“मेराे गाउँ स्वस्थः म स्वस्थ्य” रम्भाकाे हुँगीमा सरसफाई अभियान सुरू

“मेराे गाउँ स्वस्थः म स्वस्थ्य” रम्भाकाे हुँगीमा सरसफाई अभियान सुरू

सुशीला रेग्मी
रामपुर (पाल्पा), जेठ १५
पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा मेराे गाउँ स्वस्थः म स्वस्थ अभियान सुरू भएकाे छ । गत वैशाख ३० गते सम्पन्न भएकाे स्थानीय तहकाे निर्वाचनमा भएका फाेहाेर सरसफाइ गरेर अभियानकाे सुरू गरिएकाे हाे ।

गाउँ स्वस्थ्य भए प्रत्येक व्यक्ति स्वस्थ रहने भन्दै अभियान सुरू गरिएकाे रम्भा गाउँपालिका वडा नं. १ का वडाध्यक्ष ईश्वर काफ्लेले बताउनुभयाे । ‘पर्यावरण जोगाऊ स्वस्थ बनौँ, प्लाष्टिक नियन्त्रण गरी उर्वरा बढाऊ’ भन्ने अभियानकाे मूल मन्त्र रहेकाे छ । वडाध्यक्ष काफ्ले सहित वडा सदस्य खेमानन्द अधिकारी र स्थानीय बासिन्दाको सक्रियतामा सरसफाई कार्यक्रम भएको हो । हरेक हप्ताको शनिवार गाउँ, टोलमा सरसफाई कार्यक्रम गर्ने वडाध्यक्ष काफ्लेले बताउनुभयो ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सडक आसपास क्षेत्रमा थुप्रिएका प्लाष्टिकजन्य फोहोरमैला सरसफाई गर्ने काम भएको स्थानीय ऋषिराम अर्यालले बताउनुभयो । सामाजिक क्षेत्रमा सक्रिय वडाध्यक्ष काफ्लेले प्रत्येक नागरिकले घर–घरबाटै सरसफाई अभियानमा सहभागी भएर आफ्नो गाउँघर सफा र सुन्दर बनाउन सकिने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस