रैनादेवीको समृद्धि कृषि मार्फत गर्छु अध्यक्ष भट्टराई

रैनादेवीको समृद्धि कृषि मार्फत गर्छु अध्यक्ष भट्टराई

पाल्पा, जेठ १४
जिल्लाको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्माङगत भट्टराईले कृषिलाई आधुनिकरण र व्यवसायिक बनाई रैनादेवी छहराको समृद्धि हासिल गर्ने बताउनुभएको छ । मुलकको अर्थतन्त्र कृषिमै आत्मनिर्भर रहेको भन्दै कृषिमा होमिएका छहरावासीलाई कृषिबाटै व्यवसायिक बनाउने बताउनुभयो । गाउँपालिकाको सभाहलमा आयोजित कृषि सामाग्री हस्तान्त्रण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भट्टराईले पालिका भित्र कृषि कर्म गरेका र कृषि मार्फत भविष्य खोजिरहेका कृषकलाई व्यवासायिक र अब्बल कृषक बनाउने आफ्नो एक मात्र लक्ष्य रहेको दावि गर्नुभयो ।
कृषिलाई निर्वाहामुखि मात्रै बनाई राखेका कृषकलाई व्यवासायिक बनाई नेपालकै सफल कृषक बनाउन पालिकाले सोही अनुरुपका कार्याक्रम ल्याउने तयारी गरेको जानकारी दिनुभयो । पालिकाले आगामी वर्षको निति तथा कार्यक्रममै उत्पादनमा आधारित अनुदानको कार्यक्रम ल्याएर कृषकलाई प्रोत्साहान गर्ने समेत बताउनुभयो । कृषिलाई उत्पादनमुखि बनाउन कृषकलाई आवश्यक पर्ने बिउँविजन,प्राविधिक सहयोग,औजार उपकरण सहयोग देखि तालिमसम्मको व्यवस्थापन गरि अघि बढ्ने बताउनुभयो ।
पालिकामा कृषि कर्म गरि राखेका कृषको फिल्ड अनुगमन गरि कृषकलाई कृषिमै सहयोग गर्ने र कृषि भन्दा बाहिर रहेकाहरुलाई उनिहरुको दक्षता,सिप,योग्यता र इच्छा अनुसारको पेसा व्यवसायमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै उहाँले आफ्ना समस्या,सम्भावना र आवश्यकताको बारेमा खुलेर जिज्ञास राख्न सम्पुर्ण रैनादेवी छहरावासीलाई अपिल समेत गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष युवराज थापाले कृषिमा सम्भावन र चुनौति दुवै भएकोले आधुनिक प्रविधिको उपयोग गरेर कृषिमा होमिन सुझाव दिनुभयो । कृषकका समस्या र मागप्रति पालिका संवेदनशील रहेको भन्दै उपाध्यक्ष थापाले कृषकलाई आफ्नै पालिकामा भविष्य खोज्न आग्रह गर्नुभयो ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिब पन्थीले कृषकको समृद्धि मेहेनत र प्राविधिमा जोडिने भएकोले पालिकाबाट प्रदान गरिएका कृषि सामाग्रीको उच्चतम प्रयोग गरि लाभ लिनुपर्ने बताउनुभयो । अवको कृषि प्रणाली व्यवासायिक नभए सम्म कृषिबाट समृद्धि हासिल समेत नहुने भन्दै प्रमुख प्रशासकिय अधिकृत पन्थीले कृषिलाई आधुनिकिकरण गरेर अघि बढ्न कृषकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा रैनादेवी छहरा भित्र रहेर कृषि कर्मलाई मुख्य आम्दानीको स्रोत बनाएका ५० भन्दा बढी कृषकलाई कृषि सामाग्री सहयोग गरिएको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा पालिकाका कृषहरुलाई मौरीको घार,खाल्डो खन्ने मेसिन,डिजिटल तराजु,मल्चीङ्ग प्लाष्टीक,प्लाष्टीक टनेल,थोपा सिँचाई पाइप लगायतको सामाग्री सहयोग गरिएको कृषि शाखा प्रमुख सुनिता पोखरेलले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस