युनियनकाे ३१ औँ स्थापना दिवसमा जेष्ठ नागरिकहरूलाइ फलफूल वितरण

युनियनकाे ३१ औँ स्थापना दिवसमा जेष्ठ नागरिकहरूलाइ फलफूल वितरण

नेपाल प्रेस युनियन पाल्पाले निलसागर वृद्धा आश्रमका वृद्ध वृद्धालाई फलफूल वितरण गरेको छ । युनियनले ३१ औँ स्थापना दिवसको अवसरमा सहारा विहिन जेष्ठ नागरिकहरूलाइ फलफूल वितरण गरेकाे हाे ।

फलफूल वितरण कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति हिमाल दत्त श्रेष्ठले प्रेस युनियनले सामाजिक भावना अनुरूप रचनात्मक काम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । सामाजिक परोपकारी माध्यमबाट निलसागर वृद्धा आश्रम अगाडि बढेको बताउदै आश्रम र प्रेस युनियन पाल्पाको निम्त  नेपाली काङ्ग्रेस पाल्पाले सधै साथ सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल प्रेस युनियनका पाल्पाका सस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति झपेन्द गैरेले प्रेस युनियनको स्थापना दिवसको अवसरमा सस्थाले सामाजिक भावनाले सामाजिक कार्यकाे निरन्तरताकाे कामना गर्नुभयाे । कार्यक्रममा निलसागर वृद्धा आश्रमका संयोजक देव प्रसाद बज्राचार्यले प्रचार प्रसारका कमिका कारण निल सागर वृद्धा आश्रम बत्ति मुनिको अध्याराे रहेको बताउदै अझै आश्रमको प्रचुल मात्रामा प्रचार प्रसार हुन नसकेको बताउनुभयो ।

नेपालगञ्जमा मनोक्रान्ति योगी विकास आन्नदले वि स २०७३ सालमा केन्द्रीय कार्यालय स्थापना गरि पाल्पामा  २०७८ बैशाख १२ गते शुरू गरेको आश्रममा हाल २१ जना असहाय वृद्ध वृद्धा आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस