नगर विकास लागि दीर्घकालिन याेजना बनाउँछुः मेयर श्रेष्ठ

नगर विकास लागि दीर्घकालिन याेजना बनाउँछुः मेयर श्रेष्ठ

पाल्पा, जेठ १२

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, पर्यटन, यातायात विषयमा तानसेनमा दीर्घकालिन याेजना बनाएर अगाडी बढ्ने तानसेनका नगर प्रमुख श्रेष्ठले बताउनुभयाे । बिहिबार पाल्पा उद्याेग वाणिज्य संघकाे बधाइ तथा स्वागत कार्यक्रममा मेयर श्रेष्ठले नगर विकासकाे याेजनालाइ प्राथमिकतामा राखेकाे बताउनुभयाे ।

नगर प्रमुख श्रेष्ठले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनालाई प्राथमिकताको आधारमा अगाडी बढ्ने बताउनुभयो । पाल्पा उधोग वाणिज्य संघले नवनिर्वाचित पदाधिकारीलाई एक औपचारिक कार्यक्रमका बिच स्वागत एवम सम्मान गरेको हाे । श्रीनगरलाई फन पार्क रूपमा  विकास गर्ने, तानसेन बुटवलको बाटोलाई व्यवस्थितिकरण गर्नका लागि प्रयास गर्ने, पुरातात्त्विक रूपमा बनेका घरहरूको संरक्षण एवम संम्वर्दन गर्ने, सवारी चापलाई कम गर्ने, फोहोर मैला व्यवस्थापन, व्यपस्थित पार्किङ्गलाई जोड दिने बताउनुभयाे ।

कार्यक्रममा तानसेन नगरपालिकाका उपमेयर प्रतिक्षा गाहा सिङ्जालीले  तानसेन नगरपालिकाको समग्र विकास गर्ने कार्यमा नगर सरकार लाग्ने बताउदै  पुराना कामलाइ निरन्तरता दिने र नया योजनालाई अगाडी बढाउने बताउनुभयो । विगतको समयमा प्रयाप्त मात्रामा विकास नहुदा  तानसेनबाट मानिस विस्थापित भएको ,उधोग व्यवसाय धरासय भएको परिस्थितिमा आगामी दिनमा यस्ता समस्यालाई चिन्तत मनन गरेर अगाडि बढ्ने बताउनुभयो । आधारभुत आवश्यकतालाई मध्ये नजर गरि योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । दल गत स्वार्थको राजनीति भन्दा बाहिर रहेर तानसेन नगरपालिकाको समग्र  विकास गर्ने गरि अगाडि बढ्ने बताउनुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य राख्दै पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले करको दायरा बढाए पनि करको दरलाई कम गर्नुपर्ने कुरामा नगर सरकारले ध्यान पुर्याउनु पर्ने बताउनुभयो । तानसेन नगरको समग्र विकासका लागि पर्यटन क्षेत्रको प्रचुल मात्रामा विकास गर्न आवश्यक रहेको कुरामा जोड दिनु भयो ।

प्रतिक्रिया दिनुहोस