मूल्यवृद्धिको विरोधमा उत्रिएकालाइ प्रहरीले नियन्त्रणमा लिइ छाड्याे

मूल्यवृद्धिको विरोधमा उत्रिएकालाइ प्रहरीले नियन्त्रणमा लिइ छाड्याे

पाल्पा, जेठ ११

नेकपा एमाले निकट भ्रातृ संघसंगठनका नेता एवं कार्यकर्तालाई प्रहरीले रिहाई गरेको छ । बिहीबार बिहान पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका ६ जनालाई तानसेनको आन्दोलन चोकदेखी प्रहरीले नियन्त्रणमा लिएको थियो ।

युवा संघ नेपालका केन्द्रीय सदस्य एवं जिल्ला ईञ्चार्ज दीपक विश्वकर्मा, जिल्ला कोषाध्यक्ष सुधिर भट्टराई, नगर अध्यक्ष राजेश भट्टराई, जिल्ला सदस्य कृष्ण बस्याल, नगर सदस्य शिशिर बस्याल, अनेरास्ववियू जिल्ला अध्यक्ष हिराकुल कुवँर क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टापछि छाडेको हो । उनीहरूलाइ मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक अभियानको क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

युवा संघ तानसेन नगर कमिटीले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी प्रशासनले गरेको धरपकड र गिरफ्तारी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस