पाल्पा जिल्ला समन्वय समिति एमालेकै, यी हुन् सम्भावित प्रमुख/उपप्रमुख !

पाल्पा जिल्ला समन्वय समिति एमालेकै, यी हुन् सम्भावित प्रमुख/उपप्रमुख !

पाल्पा, जेठ १०

पाल्पा जिल्ला समन्वय समिति नेकपा एमालेकै बन्ने निश्चित भएको छ । पाल्पाका १० स्थानीय तहहरू मध्ये प्रमुख र उपप्रमुखमा बहुमत नेकपा एमालेकाे पक्षमा परेकाे हाे ।

जिल्ला समन्वय समिति गठनका लागि दश स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । जसमा एमालेको ११, गठबन्धनकातर्फबाट कांग्रेसको ६ र माओवादी केन्द्रको ३ मत रहेकाे छ ।

एमालेले जिसस प्रमुखमा रामपुर नगरपालिका–१०, गेझाका टंक खनालको नाम अगाडि सारेको छ । उपप्रमुखमा भने दुई जनाको नाम चर्चामा छ । तानसेन नगरपालिका–१४, अर्गलीकी बसन्ता ज्ञवाली र तानसेन नगरपालिका–९, की काशिका गैरेको नाम उपप्रमुखमा चर्चामा छ । यद्यपी कुनै निर्णय भने भइ सकेको छैन ।

जिल्ला समन्वय समिति एमालेकै बन्ने एमाले पाल्पाका सचिव रामजी पोखरेलले बताए । नेकपा एमालेले निस्दी, पूर्वखोला, माथागढी, रम्भा, बगनासकालीमा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ । एमालेले तिनाउँमा अध्यक्ष जितेको छ । नेपाली कांग्रेसले रामपुर नगपालिका, तानसेन नगरपालिका , रैनादेवीमा अध्यक्ष, रिब्दीकोट र तिनाउँमा उपाध्यक्ष जितेको छ । स्थानीय तह निर्वाचन सम्पन्न भएर सबै निर्वाचितहरूले शपथ लिएपछि जिल्ला समन्वय समितिको प्रक्रिया सुरु बताइएको छ । जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख सहित ९ सदस्यीय हुनेछ ।

प्रतिक्रिया दिनुहोस