पाल्पाका ६ पालिकामा एमाले, ३ मा कांग्रेस १ मा माओवादीका प्रमुख विजयी

पाल्पाका ६ पालिकामा एमाले, ३ मा कांग्रेस १ मा माओवादीका प्रमुख विजयी

पाल्पा, जेठ ९

पाल्पाका १० स्थानीय तहहरू मध्ये ६ पालिकामा नेकपा एमाले विजयी भएकाे छ । जिल्लाकाे ३ पालिका प्रमुखमा नेपाली कांग्रेस र एक पालिका प्रमुखमा नेकपा एमाले विजयी भएकाे छ भने नेकपा समाजवादी भने नतिजा विहिन भएकाे छ ।

पाल्पाकाे निस्दी गाउँपालिका र पूर्वखाेला गाउँपालिकामा नेकपा एमालेले स्किन स्वीप गर्न सफल भएकाे छ । यस्तै रम्भा गाउँपालिका, माथागढी गाउँपालिका र वगनासकाली गाउँपालिकाकाे प्रमुख तथा उपप्रमुख पदमा नेकपा एमाले विजयी भएकाे हाे । तिनाउँ गाउँपालिकाकाे अध्यक्षमा नेकपा एमालेका उम्मेदवार र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

पाल्पाकाे जिल्ला सदरमुकाम तानसेनकाे नगर प्रमुख र व्यापारिक शहर रामपुरकाे प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै रैनादेवी छहरा गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएकाे हाे ।

पाल्पाकाे रिब्दीकाेट गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । तानसेनकाे नगर उपप्रमुख र रैनादेवी छहरा गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएकाे हाे ।

पाल्पाकाे कहाँ कसले कति मत पाए हेर्नुहाेस्…

प्रतिक्रिया दिनुहोस