रम्भामा पुरानै जनप्रतिनिधी, एमालेका भण्डारी र श्रेष्ठ विजयी

रम्भामा पुरानै जनप्रतिनिधी, एमालेका भण्डारी र श्रेष्ठ विजयी

पाल्पा, जेठ ९

रम्भा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मतगणनामा विवाद सिर्जना भएपछि ढिला गरि मतगणना सम्पन्न भएको हो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पुरानै जनप्रतिनिधी विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार बिष्णु भण्डारीले ५ हजार ५ सय ८६ मत प्राप्त गरि रम्भा गाउँपालिका अध्यक्षमा विजयी भए । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका दुर्गा अधिकारीले ४ हजार ५ सय ४२ मत प्राप्त गरे ।
रम्भा गाउँपालिकाको उपाध्यक्षमा राधा श्रेष्ठले ५ हजार ७ सय १९ मत प्राप्त गरि विजयी बनिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बिष्णु थापाले ५ हजार ५८ मत प्राप्त गरे । २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष पूनः चयन भएका हुन् । रम्भा गाउँपालिकाको वडा नं. २, ४ र ५ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । यस्तै वडा नं. १ र ३ मा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
रम्भा गाउँपालिकामा कुल १७ हजार ६ सय ६३ मतदाता रहेकामा ११ हजार ४ सय ५४ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस