तिनाउँ खाेलामा डुबेर ३६ वर्षीय अलीकाे मृत्यु

तिनाउँ खाेलामा डुबेर ३६ वर्षीय अलीकाे मृत्यु

पाल्पा, जेठ ५

तिनाउ खोलामा डुबेर एक युवनकाे मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३, तिनाउ खोलामा फोटो खिच्दैँ पौडी खेल्ने क्रममा डुबेर रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका–१० का ३६ वर्षीय कयम अलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

बिहीबार अन्दाजी ३ बजेकाे समयमा साथीहरूसँगै पौडी खेल्ने क्रममा अली अचानक खोलामा बेपत्ता भएका थिए । प्रहरीको सहयाेगमा खोजतलास गरि उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएकाे थियाे । उनलाइ अस्पतालका चिकित्सकले अलीको मृत्यु भएको घोषणा गरेको बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस