पाल्पामा ठूला राजनीतिक दलका दुई अध्यक्ष र दुई सचिव पराजित

पाल्पामा ठूला राजनीतिक दलका दुई अध्यक्ष र दुई सचिव पराजित

पाल्पा, जेठ ५
स्थानीय तहको निर्वाचनमा पाल्पामा चार हेभिवेज पराजित भएका छन् । जिल्लाका तीन राजनीतिक दलका अध्यक्ष र सचिव पराजित भएका हुन् ।
नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरे तानसेन नगरपालिकाको नगरप्रमुख पदमा उपविजयीमा सीमित बने । यस्तै नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका जिल्ला अध्यक्ष खीमानन्द पाण्डे (कमल) बगनासकाली गाउँपालिकाको उपाध्यक्षमा उपविजयी हुन पुगे ।
नेपाली कांग्रेस पाल्पाका दुई सचिव गाउँपालिका अध्यक्षमा उपविजयी बने । कांग्रेस सचिव सन्तोष थापा मगर माथागढी गाउँपालिका अध्यक्ष र सचिव सुनिता अधिकारी बगनासकाली गाउँपालिकाको अध्यक्षमा चयन हुन नसकेका हुन् ।
तानसेन नगरपालिकाको नगर प्रमुखमा नेकपा एमाले पाल्पाका अध्यक्ष समेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मत प्राप्त गरे । तानसेनमा पाँच दलीय गठबन्धनका तर्फबाट विजयी सन्तोषलाल श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गरि विजयी भएका हुन् ।
बगनासकाली गाउँपालिका उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका खिमानन्द पाण्डेले ४ हजार ७ सय ७८ मत प्राप्त गरे । बगनासकाली गाउँपालिका उपाध्यक्षमा एमालेका उम्मेदवार हरि पाठक विजयी भए उनले ५ हजार ८ सय ७३ मत प्राप्त गर्दा गरे
बगनासकाली गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी सचिव समेत रहेकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन् । यहाँ नेकपा एमालेकी सरस्वती चिदीले ६ हजार ४ सय ६६ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा निर्वाचित भईन् ।
माथागढी गाउँपालिका अध्यक्षमोपाली कांग्रेसका सन्तोष कुमार थापाले ५ हजार ५ सय ५४ मत गरे । यहाँ नेकपा एमालेका उम्मेदवार यम बहादुर चिदीले ६ हजार १ सय ९ मत प्राप्त गरि विजय भए ।

प्रतिक्रिया दिनुहोस