पाल्पामा एउटै रेडियोका चार पत्रकार बने एमालेबाट जनप्रतिनिधी

पाल्पामा एउटै रेडियोका चार पत्रकार बने एमालेबाट जनप्रतिनिधी

मुक्ति न्यौपाने
पाल्पा, जेठ ४
स्थानीय तहको निर्वाचनमा पाल्पामा नेकपा एमालेबाट तीन पत्रकार वडाध्यक्ष र एक वडा सदस्यमा निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल, सदस्य सोमनाथ अर्याल, सदस्य ओम प्रकाश गैरे वडाध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै गीता रेग्मी महिला वडा सदस्यमा निर्वाचित भएकी हुन् ।
सामुदायिक रेडियो मदनपोखरा (सारेम) का रेडियोकर्मीहरु नेकपा एमालेबाट जनप्रतिनिधीमा चयन भएका हुन् । सारेमका स्टेशन म्यानेजर समेत रहेका राजेश कुमार तानसेन नगरपालिका वडा नं. को वडाध्यक्षमा निर्वाचित भए । सारेमकै पूर्व सञ्चालक सोमनाथ अर्याल तानसेन नगरपालिका वडा नं. ८ को वडाध्यषमा निर्वाचित भएका हुन् ।
यस्तै पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडाबाट सारेम रेडियो प्रतिनिधी ओम प्रकाश गैरे नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । बगनासकाली गाउँपालिका वडा नं. २ बाट नेकपा एमालेबाटै महिला वडा सदस्यमा सारेम प्रतिनिधि गिता रेग्मी महिला वडा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस