पाल्पाको रिब्दीकोटमा गठबन्धनका उम्मेदवार माओवादीका कार्की र कांग्रेसकी अधिकारी विजयी

पाल्पाको रिब्दीकोटमा गठबन्धनका उम्मेदवार माओवादीका कार्की र कांग्रेसकी अधिकारी विजयी

पाल्पा, जेठ २
पाल्पाको रिब्दीकोट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी भएका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार कान्ता अधिकारी विजइ भईन् ।
कार्कीले ५ हजार ७ सय ४ मत प्राप्त गरि विजयी भएको निर्वाचन अधिकृत टिकाराम अर्यालले बताए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निवर्तमान गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले ४ हजार ७ सय २६ मत प्राप्त गरी उपविजयीमा सिमीत बने । पाँच दलीय गठबन्धनका तर्फबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा विजयी नेपाली कांग्रेसकी कान्ता अधिकारीले ५ हजार ४ सय ७९ मत प्राप्त गरिन् । उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी लक्ष्मी खनालले ४ हजार ९ सय २६ मत प्राप्त गरिन् । २०७४ सालको निर्वाचनमा रिब्दीकोट गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।
१६ हजार ३ सय ९५ मतदाता रहेको रिब्दीकोट गाउँपालिकामा ११ हजार २ सय ५९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस