पाल्पाको रैनादेवी छहरा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

पाल्पाको रैनादेवी छहरा कांग्रेसका भट्टराई र माओवादीका थापा निर्वाचित

पाल्पा, जेठ ३
पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार अध्यक्षमा नेपाली कांग्रेसका रुक्मांगत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापा विजयी भएका छन् ।
अध्यक्षमा विजयी भएका कांग्रेसका भट्टराईले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका रामबहादुर राउतले ६ हजार १ सय ४५ मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्र युवराज थापाले ६ हजार ३ सय ७ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी गीता भट्टराई घिमिरेले ५ हजार ७ सय ६१ मत प्राप्त गरिन् ।

रैनादेवी छहरामा आठ वडामध्ये सिद्देश्वर र भुवनपोखरीमा माओवादी केन्द्रका वडाध्यक्ष विजयी भए । यस्तै नेकपा एमाले छहरा र सत्यवतीमा विजयी भएको छ भने सोमादी, मुझुङ, जुठापौवा, बल्ढेङगढीमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

रैनादेवी छहरामा २०७४ सालको निर्वाचनमा कांग्रेस ६ वडामा विजयी भएकोे थियो भने माओवादी र एमालेले एक÷एक वडा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस